काठमाडौँ, २५ साउन । शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिए ।
गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उनले बताए । नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा भइरहेको गाँजाखेती पनि क्रमशः नष्ट गरिने जनाइएको छ । नागरिक सहकार्यमा सुरक्षा स्थानीयस्तरका सुरक्षा समस्या नागरिक छलफलबाटै समाधान गर्ने उद्देश्यले सुनुवाइ शुरु गरिएको छ । ‘शान्ति सुरक्षा र सुशासन मैत्री प्रहरी एवं प्रशासन’ भन्ने नाराका साथ टोलटोलमा प्रहरी अभियान सञ्चालन गर्ने क्रममा शंकरापुर नगरपालिका तथा कागेश्वरी मनोहरा नगरपालिकाका केही वडालाई समेटेर आज साँखुमा कार्यक्रम गरियो । महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र साँखुले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सुरक्षा निकाय र जनताबीच सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्न सकिने बताए । प्रहरी वृत्त बौद्धका प्रमुख राईले बालुवाको चोरी निकासीमा प्रहरीको संलग्नता देखिए सिधा आफूलाई खबर गर्न अनुरोध गर्नुभयो । बालुवाको रसिद नगरपालिकाले वितरण गरी चोरी निकासी हुँदा प्रहरीलाई दोष लगाइएकाप्रति उहाँले आपत्ति जनाए । कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति राजुभाइ मानन्धर, नेकपाका प्रतिनिधि कृष्णराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सभापति गोविन्दप्रसाद श्रेष्ठ, प्रहरी प्रभाग साँखुकी इञ्चार्ज लक्ष्मी पाण्डे खनाल, सामुदायिक सेवा केन्द्र साँखुका अध्यक्ष एलपी श्रेष्ठलगायतले समाजमा अमनचयन कायम गर्न नागरिक प्रहरीबीच सहकार्यको निरन्तरतामा जोड दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: