काठमाडौँ, २५ साउन । मनोरञ्जन क्षेत्रमा कार्यरत करीब पाँच लाख श्रमिकलाई औैपचारिकरुपमा ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड दिइएको छ । मनोरञ्जन व्यवसाय, निर्माण कम्पनीमा संलग्न विभिन्न व्यवसाय, कृषिलगायत क्षेत्रलाई अनौपचारिकरुपमा लिइने गरिएको छ ।
विश्वास नेपाल नामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले त्यस क्षेत्रलाई व्यवस्थित तथा श्रमिकको व्यावसायिक प्रत्याभूति, सीप, दक्षता अभिवृद्धिका लागि युनियनमा समावेश गरिनुपर्ने सुझाव दिनुभएको छ । नेपाल टे«ड युनियन काँग्रेसका नेता धु्रवचन्द्र गौतमले ट्रेड युनियन आन्दोलनको दुई दशक लामो सङ्घर्षपछि सामाजिक सुरक्षासम्बन्धी श्रम ऐन अहिले प्राप्त भएको बताउँदै त्यसले श्रमिकको सामाजिक सुरक्षा र व्यावसायिकतालाई संरक्षण गर्ने बताए । अधिकारकर्मी विनोद कार्कीले काठमाडौँ उपत्यकामा सञ्चालन भएका डान्स बार रेष्टुराँ, खाजाघरलगायत मनोरञ्जन क्षेत्रका श्रमिक तथा कामदारलाई औपचारिकरुपमा युनियनमा आबद्ध गर्नसकेमा श्रमिकलाई योगदानमा आधारित सेवा, सुविधा तथा सुरक्षा उपलब्ध गराउन सकिने विचार व्यक्त गरे। विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले स्थानीय तहले व्यवसायीको व्यवस्थित दर्ता अभिलेख गरी उनीहरुलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै व्यवसायीले बैंकिग प्रणालीबाट कर्मचारीलाई भुक्तानी गर्ने गरेमा श्रमिकप्रति जिम्मेवार बनाउने बताए । सोही संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले मनोरञ्जन क्षेत्रका कर्मचारीमाथि हुँदै आएको विभिन्न किसिमको शोषणलाई न्यूनीकरण गर्न त्यस क्षेत्रलाई औपचारिक क्षेत्रमा परिवर्तन गर्दा त्यसले सामाजिक सशक्तीकरणका क्षेत्रमा सहयोग पुग्ने विचार व्यक्त गरे । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: