Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अफगानिस्तानको गज्नी सहरमा तालिबानद्वारा ठूलो आक्रमण, ३१ को मृत्यु

तालिबानले अफगानिस्तानको राजधानी काबुल र कान्दाहार जोड्ने महत्त्वपूर्ण राजमार्गमा पर्ने गज्नी सहरमा एउटा ठूलो आक्रमण गरेको छ ।

बिहीवार राति तालिबान लडाकुहरूले गज्नीका केही भागहरू आफ्नो नियन्त्रणमा लिएका अधिकारीहरूले बताएका छन् । तर पछि उनीहरूलाई धपाइयो । प्रान्तीय सरकारका अनुसार सो आक्रमणमा ३० तालिबान लडाकु र एक सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । धेरै घरहरू क्षतिग्रस्त भएकाले हताहत हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ । प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद आरिफ नूर गज्नीले बताएअनुसार रातिको घटनामा कम्तीमा पनि आठ गैरसैनिक र सात सरकारी सुरक्षाकर्मीहरू घाइते भएका छन् । गज्नीमा अहिले विशेष सुरक्षा फौज खटाइएको छ। केही स्थानमा आक्कलझुक्कल गोली चलेको सुनिन्छ । केही वर्षयता कुनै प्रान्तीय सदरमुकाममा तालिबानले आक्रमण एवम् प्रवेश गरेको यो चौथो पटक हो । सयौँ लडाकुहरू सो आक्रमणमा संलग्न रहेका र प्रहरी मुख्यालयसमेत सरकारी भवनहरू नियन्त्रणमा लिइएको दाबी यसअघि तालिबानले गरेको थियो । \"हामी एकदमै तर्सियौँ। सहरमा र वरिपरि जहाँ पनि तालिबानहरू घुम्दैछन्,\" स्थानीय पसले मोहम्मद हलीमले समाचार संस्था एएफपीलाई बताए । केही महिनाअघि तालिबान लडाकुहरूले छोटो समयका लागि पश्चिमी नगर फराह आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २०१५ र २०१६ मा लामै समय उनीहरूले उत्तरमा रहेको कुन्डुज आफ्नो नियन्त्रणमा राखे । अमेरिकी सेनाको एउटा सहयोग अभियानले तालिबानलाई गज्नीबाट लखेट्न हेलिकप्टरहरू र एउटा ड्रोन परिचालन गरिएको बताएको छ । गज्नीमा डेढ लाख मानिसहरू बसोबास गर्छन् । यो आक्रमण भूभाग आफ्नो अधीनमा पार्ने तालिबानको अर्को असफल प्रयास भएको टिप्पणी एक अधिकारीले गरेका छन् । काबुल र गज्नी जोड्दै दक्षिण जाने राजमार्ग शुक्रवार बन्द गरिएको छ । सरकारसँग शान्तिवार्तामा बस्न तालिबानलाई दबाव परेका बेला यो आक्रमण भएको छ । इदमा गरिएको तीनदेनि युद्धविरामपछि गत जुन महिनामा तालिबान र अमेरिकी अधिकारीहरूबीच कतारमा एउटा गोप्य भेटघाट भएको थियो । सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ । विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन् । अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए । त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ । विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुन: कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन् । सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending