Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

७ हजार विद्यालय शौचालय विहिन

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचालय छैन । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - ती भवनको डिजाइन इस्टमेटमा शौचालय निर्माण समेटिएकै छैन । भवनसँगै विद्यालयले आफैं चर्पी निर्माण गर्न खोज्दा पनि इकाइले डिजाइन इस्टमेटभन्दा दायाँबायाँ गर्न नपाइने भन्दै रोकेको गुनासो प्रधानाध्यापकहरूले गरेका छन् । ‘भूकम्पले विद्यालय भवनसँगै चर्पी पनि भत्किएको थियो,’ कंकाली मावि नैकापका प्रअ विष्णु पनेरुले भने, ‘भवन बनाउने बजेट छ, शौचालय बनाउने बजेट छैन । ८ कोठे संरचना निर्माण गर्दा भवनभित्रै शौचालय निर्माण गर्न सकिन्थ्यो तर इकाइले दिएन ।’ इकाइले नै पुनर्निर्माण गरिरहेको केन्द्रीय बहिरा मावि नक्सालको ८ कोठे भवनमा पनि शौचालय छैन । नवनिर्मित भवन बालमैत्री नभएको प्रधानाध्यापक उपेन्द्र पराजुलीले गुनासो गरे । खगेन्द्र नवजीवन माविका प्रधानाध्यापक राघव दवाडी आफैं अपांगता भएका व्यक्ति हुन् । प्राधिकरणले निर्माण गरेको दुई तले भवनको भर्‍याङ उक्लेर कक्षाकोठामा पुग्न उनलाई मुस्किल छ । ‘ह्वीलचियर चढेर आएका विद्यार्थी माथिल्लो तलाको कक्षाकोठामा पुग्न सक्दैनन्,’ उनले भने, ‘भवनसँगै शौचालय बनाउन सकिन्थ्यो, डिजाइनमा छैन भनेर बनाउन पाइएन, विद्यार्थीले शौच जाने ठाउँ छैन ।’ झोर महांकाल मावि टोखालाई बालमैत्री घोषणा गरिँदै छ तर प्राधिकरणले निर्माण गरेको त्यही भवन बाधक बन्ने भएको छ । चर्पी पनि छैन । भवन बालमैत्री छैन । ‘आवश्यकता एक थरी छ, विद्यालय बनाउने नाममा जबरजस्ती गरिएको छ,’ कंकाली मावि नैकापका शिक्षक सुमन महर्जनले भने, ‘सरकारी विद्यालयको जग्गा थोरै छ, शौचालय नहुँदा विद्यार्थीले दिसापिसाब पनि गर्न पाउँदैनन् ।’ उनका अनुसार घना बस्ती र सहर बजार क्षेत्रका विद्यालयमा भवनसँगै चर्पी निर्माण गर्न नसक्दा झनै चुनौती थपिएको छ । प्रअ र शिक्षकहरूले डिजाइन इस्टमेट पुनरावलोकन गरेर भए पनि अब बन्ने भवनमा शौचालय, फर्निचर, बिजुली व्यवस्था गर्न सुझाव दिए तर डिजाइनमा सामान्य सुधार गरेर शौचालय र बिजुली व्यवस्था गर्न खोज्दा अनुगमनमा खटिएका प्राविधिकले नमानेका हुन् । खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय जोरपाटीमा १० र ८ कोठे दुई भवन भूकम्पपछिको पुनर्निर्माण चरणमा छन् । १० कोठे भवन विदेशी सहयोगमा खगेन्द्र नवजीवन केन्द्रले निर्माण गरेको हो । विशेष क्षमता भएका विद्यार्थी पढ्ने विद्यालयमा उक्त भवनसँगै शौचालय पनि बनेको छ । भवन पनि अपांगमैत्री छ तर इकाइले पुनर्निर्माण गरेको ८ कोठे भवनमा भने न शौचालय छ न त पूर्वाधार नै अपांगमैत्री छ । राजधानीमा बिहीबार निर्माणाधीन विद्यालयको प्रगति समीक्षा कार्यक्रम आयोजना गरेको थियो । समीक्षामा आएका अधिकांश प्रधानाध्यापकले शौचालयबिनाको विद्यालय भवन बनेको प्रति असन्तुष्टि जनाए । प्रधानाध्यापकले शौचालयसहित भवन निर्माण गर्न इकाइ र शिक्षा मन्त्रालयसँग माग गरे । इकाइ प्रमुख इमनारायण श्रेष्ठले शौचालयसहितको विद्यालय भवन निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रस्ताव पठाए पनि अस्वीकार गरिएको जनाए । ‘विद्यालय पुनर्निर्माण चाँडो सक्न नयाँ मोडल ल्याइएको हो,’ उनले भने, ‘पहिले जिल्ला शिक्षा कार्यालयहरूले शौचालय निर्माण गर्थे, अब त्यो जिम्मेवारी स्थानीय सरकारलाई दिने तयारी भएको छ ।’ स्थानीय तहमार्फत भवन बनेका विद्यालयमा क्रमश: चर्पी बनाउँदै जाने उनको तर्क छ । मागेजति बजेट सरकारले नदिएका कारण विद्यालयसँगै शौचालय निर्माण गर्न नसकिएको श्रेष्ठले स्विकारे । शिक्षा विभागमार्फत विद्यालय भवन र शौचालय निर्माण भइरहेको जनाए । श्रेष्ठले भने, ‘यो मोडलमा जाँदा ढिला हुन्छ भनेर नयाँ तरिकाले काम थालिएको हो ।’ भूकम्पले क्षतिग्रस्त ८ हजारमध्ये एक हजार विद्यालय विभिन्न दातृ निकाय, छिमेकी मुलुक, एनजीओ/आईएनजीओ र संघसंस्थाको सहयोगमा निर्माणाधीन अवस्थामा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: