Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चाबहिलवासीले माधव नेपाल र रघुवीर महासेठलार्इ सोधे-कहिले बन्छ हाम्रो सडक ?

काठमाडौं । घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो । तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ । सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत सम्भार गर्ने भएकोले हिलो धुलोबाट राहत मिल्ने भएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायतको टोलीले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार गर्ने प्रतिबद्धता जनाएपछि सो क्षेत्रमा यात्रा गर्ने जोकोहीलाई राहत मिल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला निकायका उच्च अधिकारीलाई बोलाएर काठमाडौँ उपत्यकाभित्र निर्माणाधिन बौद्ध–जोरपाटी र कलङ्की नागढुङ्गा सडकखण्डको मर्मतमा लाग्न निर्देशन दिए ।

निर्देशनपछि मन्त्री महासेठलगायतको उच्चस्तरीय टोलीले सडकखण्डको निरीक्षण गरेको हो । टोलीले सडकको खाल्डाखुल्डी पुर्ने तथा धुलोे र हिलोको समस्याबाट मुक्ति दिइने प्रतिबद्धता जनाएको हो ।

चाबहिल–साँखु जोड्न कूल १२.५ किलोमिटर सडक स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि निर्माणमा ढिलाई भएको हो । सडक छेउका बासिन्दाले मुआब्जा नपाएसम्म काम गर्न नदिने भन्दै सङ्गठितरुपमै अवरोध गर्दै आएका छन् । सकेसम्म उनीहरुको उचित माग सम्बोधन गर्ने सरकारी टोलीले प्रतिबद्धता जनाएको छ ।

\"\"

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सडक मर्मत र निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ठूलो समस्यामा परेको भन्दै समस्या समाधानमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । सो सडक बनाउन रु एक अर्ब ४५ करोड बजेट छुट्टयाइएको छ । सडक सीमा छुट्याउन समस्या भएकाले निर्माणमा समस्या परेको छ ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सडक सीमा र स्थानीयले मुआब्जा वितरणमा राखेको माग सम्बोधन गर्न समस्या भएकाले कामले गति लिन नसकेको बताए ।

सो सडक चार खण्डमा विभाजन गरेर छुट्टाछुट्टै निर्माण व्यवसायीलाई दिइएको छ । तर सडक सीमा छुट्टयाउने र मुआब्जा वितरणमा लामो समय लागेकाले समस्या थपिँदै गएको हो ।

सडक सीमा छुट्टयाउने काठमाडौँ उपत्यका विकास प्राधिकरण, निर्माण व्यवसायी र सडक विभागको बीचमा समन्वयको अभाव रहेको वडाध्यक्ष लामाको भनाइ छ । स्थानीयले मुआब्जा नपाई घर तथा आवास भत्काउन नदिने, सडक विभागले समन्वय गर्न नसक्ने र स्थानीय निकायले आवश्यकताअनुसार सहजीकरण गर्न नसक्दा सो सडकखण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।

माधव नेपालको सुझाव छिटो सक्नुस्  स्थलगत निरीक्षणमा सहभागी पूर्व प्रधानमन्त्री नेपालले चाबहिल–साँखु सडक निर्माण छिटो सक्न निर्देशन दिए । संसदीय अनुगमन समितिमा समेत रहेका उनले सडकको निर्माण अवस्था अनुगमन गर्दै सम्बन्धित पक्षलाई त्यस्तो निर्देशन दिएका हुन् ।

साँखु ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दिनहुँ हजारौँको आवतजावत हुने तर सडकको दूरावस्था हुँदा सर्वसाधारण र यात्रुले धेरै दुःख पाइरहेको पूर्वप्रधानमन्त्री नेपालले बताए । उनले भने “विभिन्न बाहना गरेर निर्माणमा अब आलटाल गर्नुभएन, निर्माण छिटो सक्नु प¥यो, काम राम्रो हुनुपर्यो ।” अनुगमनमा काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राई र सरिता न्यौपाने, प्रदेशसभा सदस्यद्वय रामेश्वर फुयाँल र मणिराम फुयाँल तथा सडक डिभिजन कार्यालयका प्रमुखसहितको टोली सहभागी थियो ।

मर्मतको काम अगाडि बढेको छ –मन्त्री महासेठ  मन्त्री महासेठले भदौ १२ भित्रै सो सडकखण्डमा खाल्डाखुल्डी नरहने जानकारी दिए । सडक सीमा छुट्टाएको स्थानमा २२ मिटर नै, नभएको स्थानमा आठ मिटर सडक मर्मत तथा कालोपत्रे गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।

यसअघि कलङ्की– नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गरेका मन्त्री महासेठले भने “कालोपत्रे गर्न त केही समय लाग्ला तर खाल्डाखुल्डी, हिलो र धुलोरहित बनाउन हामी प्रयत्नशील छौँ, सोहीअनुसार काम गर्छौं ।” आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले चालू आर्थिक वर्षभित्रै सो सडकखण्ड पूर्णरुपमा कालोपत्रे हुने बताए । पछिल्लो पटक मन्त्रिपरिषद्ले आठ मिटर मात्रै भए पनि सडक कालोपत्रे गर्ने निर्णय गरेको उनले जानकारी दिए । इञ्जिनीयर श्रेष्ठले भने “समस्या समाधान गर्न हामी सबै असफल भएकै हो, तर नयाँ व्यवस्थाअनुसार अब कम्तीमा आठ मिटर सडक कालोपत्रे हुन्छ । सोहीअनुसार प्रक्रिया अगाडि बढाएका छाैं ।”

मुआब्जा वितरण हुन नसक्दा समस्या बल्झिएको भन्दै उनले हिलो र धुलोबाट मुक्ति दिलाउन आयोजनाले प्रयास गरे पनि सम्भव नभएको उल्लेख गरे  । स्थानीयवासीले सडक मर्मतमा ध्यान नदिएको, निर्माण व्यवसायीले लापरवाही गरेको तथा सरकारले आफूहरुको गुनासोको सुनुवाइ नगरेको भन्दै पूर्वप्रधानमन्त्री, मन्त्री महासेठलगायतको टोलीसँग गुनासो गरेका थिए ।

स्थानीयले मन्त्री महासेठसँग चाबहिल–साँखु सडक कहिले निर्माण सम्पन्न हुन्छ र हामीले सास्तीबाट कहिले मुक्ति पाउँछाैं भन्दै प्रश्न गरे । जवाफमा मन्त्री महासेठले भने, “हामी प्रयासरत छाैं, केही समयभित्रै समस्या समाधान हुन्छ ।” तीन वर्ष पहिलेदेखि सो सडकखण्ड विस्तार शुरु भएपनि अझै काम सकिएको छैन । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending