श्रावण २४ गते, २०७५ बिहिवार 9th August, 2018 Thu१४:१३:२७ मा प्रकाशित
काठमाडौं । प्राज्ञिक भ्रमणका रुपमा गत साउन ६ गते युरोप गएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई बुधबार साँझ स्वदेश फर्किएका छन् । भ्रमणबाट फर्किएपछि उनले भने \'वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा पनि देखियो त्यसमा सतर्क हुनुपर्ने महसुस भयो ।\'
\'अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको नै हामीले पाउँछौं । युरोपका कतिपय देशहरुमा पनि नयाँ नयाँ शक्तिहरुको उदय हुँदै गएको र पुराना विचार, पुराना पार्टीहरुबाट देशका समस्या हल हुन नसकेको हामीले देख्यौं । थुप्रै देशहरुमा वैकल्पिक राजनीतिक शक्तिहरुको उदय हुँदै गइरहेको हामीले पायौं । खासगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले छोटै समयमा विजय हासिल गर्नुभयो र उहाँका पार्टीका सांसदहरुसँग हामीले कुरा गर्दा उनीहरुले आफ्नै ढंगले नयाँ विचार अघि ल्याउन खोजेको हामीले पायौं । जर्मनीमा अलिकति दक्षिणपन्थी प्रकारका शक्तिहरुको उदय हुन लागेको अवस्थामा फेरि एकचोटि लोकतान्त्रिक प्रगतिशील शक्तिहरुले वैकल्पिक धार सिर्जना गर्नुपर्छ भन्ने खालको बहस सुरु गरेको हामीले देख्यौं । इटलीमा पनि वैकल्पिक राजनीतिक धारबारे बहस भएको हामीले देख्यौं\', उनले भने \'यस हिसाबले अहिले २१औं शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरुको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौं । त्यसैले नेपालमा पनि हामीले वैकल्पिक राजनीतिका कुरा गरिराखेका छौं त्यसको सान्दर्भिकता थप बढेको हामीले महसुस गर्यौं ।\'
वैकल्पिक राजनीतिको कुरा गर्दा विशेष ध्यान दिनुपर्ने पक्षबारे उनले भने \'पुराना राजनीतिक शक्तिहरुको विकल्प दिँदा खालि सतही ढंगले रुप पक्षमा मात्रै केन्द्रित भएर विकल्पका कुरा गर्यौं भने चाहिँ दक्षिणपन्थी प्रकारका विकल्पहरु अगाडि आउने खतरा पनि देखियो । त्यो इटलीमा पनि देखियो, जर्मनीमा पनि त्यस्तो देखिन्छ र अरु केही देशमा पनि अलि दक्षिणपन्थी प्रकृतिका शक्तिहरु अगाडि आउन खोजेको भान हुन्छ । त्यसैले यो पक्षमा पनि सतर्क हुँदै हामीले दक्षिणपन्थी यथास्थितिवादी विकल्प जसले खालि रुप पक्षलाई मात्रै जोड दिन्छ, विचार, राजनीति र कार्यक्रमिक पक्षलाई, संरचनात्मक परिवर्तनका पक्षलाई ध्यान दिँदैन त्यसबाट चाहिँ सतर्क हुनुपर्ने हामीलाई अनुभुति भयो । त्यसैले हामीले उन्नत प्रकारको लोकतन्त्र, समावेशी लोकतन्त्र र समावेशी विकासलाई केन्द्रमा राखेर अग्रगामी, प्रगतिशील लोकतान्त्रिक प्रकृतिको विकल्प निर्माण गर्नमा ध्यान दिनुपर्छ भन्ने अनुभुति हामीलाई भएको छ ।\'
भ्रमणका क्रममा केही राजनीतिक प्रकृतिका भेटघाट पनि भएका थिए । रुसमा सत्तापक्ष र विपक्षी पार्टीका सांसदहरुसँग राजनीतिक प्रकृतिका कुराकानी भएको र उनीहरुसँग कसरी त्यहाँको पुरानो साम्यवादी व्यवस्थाले काम गरेन र नयाँ खोज अगाडि बढेको छ भन्नेबारे कुराकानी भएको संयोजक भट्टराईले बताए । फ्रान्समा फ्रान्स नेपाल संसदीय समितिका सांसदहरुसँग भेट भएको, जर्मनीमा परराष्ट्र मन्त्रालयका दक्षिण एशिया हेर्ने प्रमुखसँग कुराकानी भएको र नेपालबारे राम्रो जानकारी राख्ने ब्रसेल्सका सांसदहरुसँग पनि विकासबारे निकै उपयोगी कुराकानी भएको संयोजक भट्टराईले बताए ।
यसबाहेक भ्रमणका क्रममा विशेषतः लक्जेम्बर्गमा गैह्रआवासीय नेपालीहरुसँग पनि उहाँले छलफल गरेका थिए । \'विशेष गरी विदेशमा रहेका नेपालीहरुले देशमा पुँजीगत, प्रविधिगत लगानी कसरी ल्याउन सक्छन् ? भन्ने विषयमा नै बढी छलफल भयो । उनीहरुको गुनासो चाहिँ नेपालमा लगानीमैत्री वातावरण रहेन भन्ने थियो\', गैह्रआवासी नेपालीहरुसँग भएको छलफलबारे उनले भने \'मैले अलि जोड नै गरेर नेपालको औद्योगीकरणको प्रारम्भिक चरणमा हामीले बढी नै सुविधा दिएर बाह्य लगानी र विशेष गरी गैह्रआवासीय नेपालीहरुको लगानी ल्याउनको निम्ति सरकारले पहल लिनुपर्छ, अहिलेका अनावश्यक खालका शर्तहरु राखेर बाहिरको लगानी आउँदैन भन्ने विषय राखें । वाह्य लगानी ल्याउने विषयमा र विशेषगरी गैह्रआवासीय नेपालीहरुको लगानी ल्याउने विषयमा सरकारले विशेष ध्यान दिनुपर्छ ।\'
स्वदेश फर्कने क्रममा कतारमा भएको संक्षिप्त बसाइमा त्यहाँका नेपाली श्रमिकहरुका समस्याबारे जानकारी लिएको र त्यसको समाधानको निम्ति श्रमिकहरुलाई निजी कम्पनीहरु मार्फत् नपठाई सिधै दुई देशका सरकारबीच सम्झौता गरेर श्रमिकहरु पठाउनु उपयुक्त हुने निष्कर्षमा पुगेको संयोजक भट्टराईले बताए । भ्रमणमा संयोजक भट्टराईसँग पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिया यमी पनि थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: