Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पूर्व एआईजीले नै गरे भक्तपुर इन्काउन्टरको विरोध

काठमाडाैं । नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले भक्तपुरमा भएको इन्काउण्टरको विरोध गरेका छन् । सिआईबीका पूर्व प्रमुख समेत रहेका भण्डारीले भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको उदाहरण भएको बताए । एक दैनिक पत्रिकामा लेख लेख्दै भण्डारीले भनेका छन् ‘भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको यस्तै एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ । भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन । इन्काउन्टरमा जो मारिए, उनीहरू आपराधिक पृष्ठभूमिका होइनन् । विगतमा कुमार घैंटे, दिनेश अधिकारी चरीमाथि यस्तै इन्काउन्टर भयो ।’ \"\" उनले भक्तपुर घटनामा मारिनेसंगै प्रमाण मारिएको भन्दै असन्तुष्टी समेत जनाएका छन् । पछिल्ला दिनहरुमा इन्काउन्टरको ट्रेन्ड नै बसेको भन्दै भण्डारीले त्यो गलत काम भएको दाबी गरेका छन् । अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा बालक हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई लिएर गोली हानिएको थियो । घरबाट उठाएर जंगलमा लगेर गोली हानिएको भएपनि प्रहरीले त्यसलाई इन्काउण्टर भन्दै प्रचार गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । कानुन हातमा लिने एसएसपी सिंहलाई कार्वाही गर्न मानवअधिकारीवादीहरुले समेत माग गरेका छन् । यस्तो छ भण्डारीले लेखेको लेख इन्काउन्टरः आउटडेटेड अभ्यास पछिल्ला दिनमा बलात्कारका घटना बढेका छन् । तथ्यांक विश्लेषण गर्दा १४ देखि १७ वर्ष उमेर समूहका किशोरी बलात्कृत भएको धेरै देखिन्छ । यसका विभिन्न कारण छन्। यसका लागि उसको परिवार, परिवार बसेको समाज, आर्थिक अवस्था हेर्नु जरुरी देखिन्छ । परिवारले बालिकामाथि दिने समय, रेखदेख पनि यसमा हेरिन जरुरी छ । बलात्कारका जति पनि घटना भएका छन्, धेरैजसो नजिकका आफन्तबाट भएको देखिन्छ । तथ्यांक हेर्दा यी घटना बढ्दो क्रममा छ । खासमा अहिले गाउँघर युवाविहीन छ । गाउँघरमा साना बालिका मात्रै छन् । उनीहरूलाई रेखदेख गर्ने गतिलो मान्छे छैन । अर्थात् नजिकको गार्जेन छैन । घरको जिम्मा बूढा भएका हजुरबुबा हजुरआमाले लिइरहेका छन् । यसैलाई मौका बनाएर यस्ता घटना भएका उदाहरण धेरै छन् । यसमा शिक्षकदेखि नजिकका आफन्तसमेत संलग्न रहेको देखिन्छ । यस्ता घटना थोरै मात्रै रिपोर्टमा आउँछन् । धेरै त गुपचुममै मिलापत्र हुन्छ । किनकि हाम्रो समाजले बलात्कृत महिलालाई राम्रो नजरले हेर्दैन । त्यसो हुँदा यसलाई सामाजिक–आर्थिक तथा सांस्कृतिक दृष्टिकोणबाट हेर्न जरुरी छ । शक्तिमा भएकाहरूको संलग्नता बलात्कारमा धेरै देखिन्छ । पीडितचाहिँ सबै पक्षबाट निम्छरो जस्तो देखिन्छ । यस्तो कार्यमा कतिपयले र्‍याकेट नै सञ्चालन गरेको देखिन्छ । उपत्यकाभित्र यौनकर्मी महिला यही र्‍याकेटबाट नियन्त्रित छन् र परिचालित पनि । यहाँ यौन दुव्र्यवहारदेखि बलात्कारका घटना दिनहुँजसो हुने गर्छन्, जुन रिपोर्टमै आउँदैनन् । तथ्यांक हेर्दा पीडितहरू अधिकांश १४ देखि १७ वर्षका छन् । यो उमेर समूहका किशोरी नै टार्गेटमा पर्नुको विभिन्न कारण छन् । एक त यो उमेरका किशोरीलाई प्रभावमा पार्न सजिलो हुन्छ । पीडकले उनीहरूलाई सजिलै प्रभावमा पारेर फकाउन सक्छन् । अर्को यो उमेरका किशोरीमा सेक्सुअल क्युरेसिटी हुने पनि आम बुझाइ छ । त्यसो हुँदा पनि उनीहरू ज्यादा खतरामा रहन्छन् । यो उमेर समूहका किशोरीमा मुभमेन्टको गति बढेको देखिन्छ । यसैलाई बलात्कारीले मौकामा बदल्छन् । यसो हुँदा पनि बलात्कारमा उनीहरू नै बढी पर्ने देखिन्छ । अर्को प्रविधिको प्रभाव हो । प्रविधि ब्याड मास्टर पनि हो र गुड सर्भेन्ट पनि हो । प्रयोग कसरी गर्ने आफूमा भर पर्ने विषय हो । अहिले अनेक खालका अश्लील साइट खुलेका छन् । यसकारण पनि बलात्कारका घटना भएका छन् । पछिल्लो चरणमा सामाजिक सञ्जालमार्फत हुने अपराध बढेका छन् । यसमा मुख्य फ्याक्टर सेक्सुअल गतिविधिसँग सम्बन्धित अपराध छन् । संसारका पुलिसिङ दुईवटा थ्योरीबाट सञ्चालित रहन्छन्, प्रोएग्टिभ र रिएक्टिभ । प्रोएक्टिभ भनेको अपराध नै गर्न नदिनु हो । रिएक्टिभ भनेको अपराध भएपछि नियन्त्रणमा उत्रनु हो । बलात्कारका घटनामा रिएक्टिभभन्दा पनि प्रोएक्टिभ पुलिसिङ महत्वपूर्ण मानिन्छ । अर्थात् समाजमा बलात्कार हुनै नदिनु । यसका लागि पुलिस मात्रै होइन, समाजका सबै तप्का सजग हुन आवश्यक छ । सबै सचेत हुन आवश्यक छ । अर्को घटनापछि हुने प्रहरीको रिएक्ट हो । यो भनेको दोषीले कानुनबमोजिम सजाय पाउँछ कि पाउँदैन भन्ने हो । कानुनबमोजिम सजाय भए अपराध स्वतः घट्छ । नपाए बढ्छ । संसारको नियम यही हो । फेल भएको अभ्यास इन्काउन्टर इन्काउन्टरको अभ्यास भारत र पाकिस्तानबाट सुरु भएको देखिन्छ । विशेषगरी यसको सुरुवात सन् १९९० मा भयो । यो अभ्यास करिब २००५ सम्म चल्यो । अहिले दुवै मुलुकले यो अभ्यास छाडिसकेका छन् । त्यस वेला यस्ता इन्काउन्टर भारतका खास– खास सहरमा हुन्थे । त्यसमा पनि मुम्बईमा धेरै हुन्थे । खासगरी अन्डरवल्र्डविरुद्ध यस्ता अप्रेसन चलाइएका थिए । यही विषलाई लिएर फिल्मसमेत बनेका छन् । एकजना इन्स्पेक्टरले त ३१२ वटासम्म इन्काउन्टर गरेका थिए । पछि उनी जेल परे । भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ ।भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन । दया नायक भन्ने यस्तै इन्काउन्टर स्पेसलिस्ट थिए । यो प्रवृत्तिपछि हिरोइज्ममा परिणत भएको देखियो । इन्काउन्टर गर्दा उनीहरूलाई जनताले हिरो बनाए । पछि तिनै जनताले उनीहरूलाई जेल हाले । त्यसो हुँदा कानुनी राज्यमा कानुनी विधिभन्दा दायाँ–बायाँ जानु हुँदैन भन्ने विचार जबर्जस्त रूपमा आयो । त्यसपछि भारत र पाकिस्तान दुवैले यस्ता प्रवृत्ति त्यागे । इन्काउन्टर गर्नेलाई एक–एक गर्दै कारबाही गरियो । भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको यस्तै एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ । भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन । इन्काउन्टरमा जो मारिए, उनीहरू आपराधिक पृष्ठभूमिका होइनन् । विगतमा कुमार घैंटे, दिनेश अधिकारी चरीमाथि यस्तै इन्काउन्टर भयो । उनीहरूको जगजगी खासमा त्यति वेलै सकिएको थियो । त्यसैलाई रोल मोडल बनाएर अहिले इन्काउन्टर गर्न आवश्यक थिएन । भक्तपुरको घटनामा जो मारिए, खासमा उनीहरूसँगै प्रमाण पनि मारियो । प्रहरीले उनीहरूलाई पक्राउ गरेर घटनाको अध्ययनलाई फराकिलो पर्न सक्यो । पर्दापछाडिका अन्य तथ्य खोल्न सक्थ्यो । तर, यस्तो गरिएन । उनीहरूलाई मारियो । पछिल्ला दिनमा इन्काउन्टरको ट्रेन्ड नै बसेको देखिन्छ । यो गलत हो । म सिआइबीमा रहँदा ब्ल्याक स्पाइडर जस्ता अपराधीका समूह पक्राउ परे । उनीहरूलाई इन्काउन्टर गर्न भनियो । तर, मैले इन्कार गरेँ । किनकि यो गलत ट्रेन्ड सिआइबीमा बस्न दिने पक्षमा म थिइनँ । किनकि यी चिप विषय थिए । यसले संस्थाको गरिमा गुमाउनेमा म विश्वस्त थिएँ । हामीले समातेका अपराधी सबैलाई कानुनबमोजिम कारबाही गर्यौँ । सिआइबी अहिलेको उचाइमा पुगेको कारण यही हो । अपराध भनेको रहस्य हो । यसभित्र खेल्न सकिए धेरै नयाँ तथ्य फेला पर्छ । त्यसपछि हामी बल्ल तथ्यमा पुग्छौँ र सत्य स्थापित हुन सक्छ । नत्र भने हामीसँग तथ्यांक मात्रै आउँछ । जसरी साढे ३३ केजी सुन र सनम शाक्य हत्या काण्डमा ३८ क्विन्टल सुन तस्कर भएको भन्ने तथ्यांक फेला पर्यो । तर, तथ्य फेला परेन । तथ्य भनेको सुन थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending