Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सिन्धुपाल्चोकमा पहिरोका कारण दर्जनौँ घर उच्च जोखिममा

चौतारा, २३ साउन । अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै गएराति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एक–एक घर पुरिएको छ भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा परेको छ । चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो चर्को घाम र रातिको मुसलधारे वर्षाले सुनकोशी गाउँपालिका–३ कालिकामा गएको पहिरोले ४० घर उच्च जोखिमा परेको छ । जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काले पहिरोका कारण विस्थापित भएका साबिक कालिका गाविस–९ का पाँच परिवार अहिले स्थानीय सरस्वती प्राविमा बसेका छन् भने अन्य सात घरपरिवार सुरक्षित स्थानमा गइसकेका छन् । त्यस्तै वडा नं ५ को पाँच घरसमेत विस्थापित भएका छन् । पहिरोका कारण एउटा पक्की घर बगिसकेको र अन्य ६÷७ घर ढल्की सकेको खड्काले बताउनुभयो । गाउँका सडक खनिएको र नालीको उचित व्यवस्था नहुँदा माथिबाट पहिरो खसेको र तलबाट पनि पहिरोले तानेकाले त्यस्तो समस्या देखापरेको स्थानीयवासीले बताएका छन् । त्यसैगरी सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा पनि २५ घर पहिरोका कारण उच्च जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले बताउनुभयो । यसैगरी साबिकका थुम्पाखरा गाविस–२ सुन्दरडाँडामा चार घर, भालुखोपमा तीन घर, वडा १ को नौकिलोमा दुई घर र वडा ६ को सानुपाखरमा १५ घर र वडा ७ को दलित बस्तीमा समेत २४ घर पहिरोको उच्च जोखिममा परेको जनाएको छ । जोखिम परिवारलाई त्रिपाल र प्लास्टिक वितरण गरिएको वडाध्यक्ष थापाले बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: