Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालको उपाधि जित्ने लक्ष्य

भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५)को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोली यस पटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छ । यो दोस्रो संस्करणको प्रतियोगिता हो । विगतमा भन्दा यस पटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङ बताउछन् । उनले खेलाडीको नियमित तालीमसँगै मनोबल पनि उच्च रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भने “खेल हो हार जीत त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रदर्शन गर्नेछन् ।” पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेनन् । नेपाली टोलीका कप्तान प्रीति राईले प्रतियोगिता तयारीका लागि अन्तर्राष्ट्रिय तालीम नलिएता पनि नेपाली महिला खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश छ । बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा लिएको बताए । बंगलादेश गत संस्करणको उपाधि विजेता हो । त्यस्तै बंगलादेशको कप्तानीको जिम्मेवारी पाउनुभएकी माभी माण्डाले आफूहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय तालीम लिएकाले खेलमा कुनै किसिमको प्रेसर नहुने प्रतिक्रिया दिए । यता पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले तीन वर्षपछि मात्र आफ्नो राष्ट्रले फुटबलमा सहभागिता जनाएको भन्दै प्रतियोगितामा सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँका अनुसार टोलीले एक महिना मात्र बन्द प्रशिक्षणमा रही तालीम लिएका थिए । समूह ‘बी’मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले प्रतियोगितामा सकेसम्म उपाधि रक्षा गर्ने दाउमा रहेको बताए । भोलिदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंका भिड्नेछन् भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending