Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विभागले ब्युँतायो पञ्चायतकालीन त्यो पोसाक

\"\"काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यालय प्रयोजनार्थ पञ्चायतकालीन पोसाक दोहोर्याएको छ । विभाग र मातहतका कर्मचारीका लागि निजामती र पञ्चायतकालीन दुई थरी पोसाक अनिवार्य गरिएको हो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - निजामती पोसाकसहित गाढा हरियो र कफी रङ मिश्रित पाइन्ट, घ्यु रङ मिश्रित सर्ट र पाइन्टकै रङ मिल्दोजुल्दो ज्याकेट र स्वेटर लगाउनुपर्ने व्यवस्था तोकिएको हो । यस्तो पोसाक वन्यजन्तु विभाग र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि २०४४ सालमा अनिवार्य गरिएको थियो । सबै सरकारी कार्यालयमा सेतो सर्ट र नीलो पाइन्ट, नीलो कोर्ट÷स्वेटर अनिवार्य गरिएसँगै पुरानो पोसाक हटेको थियो । विभागले चालू आर्थिक वर्षदेखि निजामती पोसाकसहित बुधबार र बिहीबारका लागि यस्तो पोसाक अनिवार्य गरेको छ । बुधबार र बिहीबारका लागि तोकिएको ‘डे«सकोर्ड’ पञ्चायतकालीन नभएर वन्यजन्तु मैत्री पोसाक भएको बताउँदै विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासको वन्यजन्तु मैत्री पोसाकलाई (रिभाइभ) पुनः जीवन दिइएको हो ।’ विभागसहित विभिन्न १२ निकुञ्ज, ६ संरक्षण क्षेत्र, कोसी टप्पु वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारीका लागि यस्तो पोसाकको व्यवस्था गरिएको हो । समाचारमा लेखिएको छ, पोसाकमा सेना र प्रहरी पोसाकको झल्को देखिने झैं सर्टको खल्तीको दाहिने तर्फ नेमप्लेट र नेमप्लेटमा दर्जाअनुसारको रङ अनिवार्य गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: