Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जनस्वास्थ्यमा खेलवाड गर्नेलाई छोडिन्नः मन्त्री खनाल

काठमाडौँ, २२ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । मन्त्री खनालले भन्नुभयो, “समय गुज्रेको, सडेगलेको तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने, उत्पादन गर्ने जोकोहीलाई पनि कालो सूचीमा राख्नुस् । त्यसको जिम्मा म लिन्छु ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यहीअनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिनुभयो । जनस्वास्थ्यका लागि विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । ‘विभागको निक्कै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन, मन्त्री खनालले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस्, समीक्षा आफै गर्नुस् ।” विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले पटकपटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योगलाई कारवाही गरिने स्पष्ट पार्नुभयो । विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोत, साधन र जनशक्ति प्रर्याप्त नभएको महानिर्देशक कर्णको भनाइ थियो । विभागका अनुसार गत आर्थिक वर्षमा देशभरीबाट दुई हजार ८१३ वटा नमूना संकलन गरी परीक्षण गर्दा ३५४ वटा न्यून गुणस्तरका पाइएको थियो । त्यसमध्ये खाद्य समूहमा सबैभन्दा बढी १४० वटा न्यून गुणस्तरको पाइएको छ । जसमध्ये दूध तथा दुग्ध पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घीउजन्य पदार्थ ११ न्यून गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: