Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै, दाहसंस्कार बिहीबार

रमेश गिरी । भक्तपुर, २२ साउन । “आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।

स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै दौडन्थे । आइतबार अपराह्न पनि त्यस्तै नै भयो । मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कूल छुटेर उनी करीब सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए ।

किताबको झोला पसलभित्र राख्दै स्कूल पोशाक खोलेर विश्व कपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर आमाले दिएको खाजा खाए । त्यसपछि वैदेशिक रोजगारीमा मलेशिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए । निशान अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए । घरमा रंग लगाउने काम गर्दै आएका यी दुवैले विगत तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे । उधारो खाजा खाने र कहिलेकाहीँ रकमसमेत सापट्टी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋणसमेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन् । त्यस दिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुबै गए र एक हजार २०० मा मोबाइल किनेर ल्याएपछि गोपाल आफैँले मोबाइलमा सिम राखिदिए । त्यसपछि निशानले आमालाई खेल्न जान्छु है आमा भनेर गयो । “आमासँग खेल्न जान्छु भनेर बिदा लिएको त्यो क्षण उसको अन्तिम बिदाइ बन्नपुग्यो,” मामा सापकोटाले भने । छोरा खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए । सधैँ साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकीतिर खोजी गरेका थिए । छिमेकीमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करीब ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो । फोन उठाउने बित्तिकै अपहरणकारीले “तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख ठीक पार, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न” भनेर फोन राखिदिएको चमेली बताउँछिन् । पछि पटक पटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र स्विच अफ छ भनेपछि आत्तिएकी उनले छिमेकी र नजिकै रहेको माइतीलाई बोलाएकी थिइन् । बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले १०० मा फोन गरिदिएको केही बेरमै काँडाघाडी प्रहरी बिटबाट प्रहरी आयो भने त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाका टोली आएको थियो । मृतक बालकका मामा भन्छन्, “पैसा दिन्छौँ कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भाञ्जाको हत्या गरे अपराधीले ।” प्रहरीको विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरि तीव्रता दिएको बताउँदै उनले आफैँ पनि राति ३ बजेसम्म एउटा टोलीमा बसेर भाञ्जाको खोजी गरेको बताए । प्रहरीको अनुसन्धानअनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेशियाबाट श्रीमान्ले पैसा पठाइदिएको सुनाएका थिए । त्यही सुनेर फिरौती माग्न अपहरण गरेको र अपहरणपछि आफूहरु भाडामा बस्दै आएको मध्यपुरथिमि नगरपालिका–७ नगदेश बुद्ध विहारको तल श्याम लवटको घरमा लगेको अपहरणकारीले बताए । प्रहरीका अनुसार चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएको र पछि अपहरणको पोल खुल्ने डरले हत्या गरेका हुन् । हत्यापछि लवटकै निर्माणाधीन घरको डिपिसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि दुवै अपहरणकारीको मृत्यु भएको थियो । दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मेलेशिया गएका गणेशले घटनाका बारेमा हिजो राति मात्रै थाहा पाउनुभएको थियो । मलेशियामा सँगै बसेका छिमेकी भाइले घटना हिजो दिउँसै थाहा पाए पनि उनले भने राति मात्रै थाहा पाएपछि मलेशियामै शोकमा डुबेका छन् । गत फागुनमा ४० दिनको बिदा लिएर नेपाल आएका गणेश गत चैत १३ गते मलेशिया फर्किएका हुन् । छोरा सँगको उहाँको अन्तिम भेट १३ गतेका लागि लेखेको रहेछ आफन्त भन्छन् । गणेश मलेशियाबाट आउँदो बिहीबार १ः३० बजेको फ्लाइटमा नेपाल आउने भएका छन् । उता स्थायी घर मेलम्ची नगरपालिका–९ दोबाटो रातामाटामा रहेका निशानका हजुरबुबा दुर्गाबहादुर खड्का र आफन्त पनि शोकमा डुबेका छन् । नातिको हत्याको खबरले हिजो दिउँसैदेखि हजुरबुबा निकै पीडामा रहेको र आज मेलम्चीबाट काठमाडाँै आइपुगेका परिवारका सदस्यले बताए । हिजो राति चमेलीलाई माइती घर लगिएको छ । चमेलीले होटल चलाउँदै आएको स्थानभन्दा केही माथि काँडाघारीमै बस्दै आएका माइतीमा पुगेपछि पनि चमेली र माइतीपक्ष शोकले रातभर जागै छन् । चमेलीका बुबा मीनप्रसाद सापकोटा आफैँ सम्हालिन सकेका छैनन् । नातिको सपना अधुरै भो भन्दै आफँै रुँदै छोरीलाई सम्झाउने प्रयास गरिरहेका छन् । आज भने शवपरीक्षण गर्नुपर्ने भएपछि परिवारका अधिकांश व्यक्ति र टोल छिमेकका केहि व्यक्ति शिक्षण अस्पताल पुगेका थिए । यता कक्षा ६ मा निशान पढ्दै आएको स्कूल हाइल्याण्ड इङलिस स्कूल पनि आज बन्द गरिएको छ । आफ्नो स्कूलको विद्यार्थीको अपहरण गरी हत्या गरेको शोकमा स्कूल बन्द गरिएको प्रधानाध्यापक प्रल्हाद खड्काले बताए । स्कूलमा पनि फुटबल खेल्न नै धेरै मन पराउने निशान फुटबल खेलाडी बनेर देशको नाम राख्छु भनेर भन्ने गरेको खनाल सुनाउँछन् ।

स्कूलमा कसैलाई नराम्रो व्यवहार नगर्ने, प्रायः सधैँ स्कूल आउने अनुशासित विद्यार्थी भएको बताउँदै निशानको हत्याले सिंगो स्कूल परिवार शोकमा डुबेको उनले बताए । मृतक निशानका बाबु गणेश आगामी बिहीबार १ः३० बजेको फ्लाइटबाट नेपाल आएपछि बालकको सोहिदिन नै दाहसंस्कार गरिने उनका परिवारले जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending