Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

प्रहरी प्रशासनकै मिलेमत्ताेमा बालुवा तस्करी

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिकास्थित ईन्द्रावती नदीबाट अवैध रुपमा बालुवा तस्करी गर्ने तस्करहरुलाई प्रहरीले नै संरक्षण दिन थालेको छ । पुर्ननिर्माणका नाममा प्रशासनकै मिलेमतोमा ईन्द्रावती नदी दोहन सुरु भएको हो । सर्वत्र आलोचना भएपछि यसअघि बालुवा तस्करी रोकिएको थियो । स्थानीय सरकारले असार, साउन र भदौ महिनामा नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन एवं निकासीमा रोक लगाएको थियो । अहिले ईन्द्रावती नदीबाट भइरहेको अवैध उत्खनन तथा निकासीमा प्रहरीकै संलग्नता रहेको स्थानीयको आरोप छ । अहिले प्रहरीको आडमा नदी किनारबाट रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा तस्करी गर्ने गिरोह सक्रिय भएको छ । मेलम्ची बजारका एक स्थानीयका अनुसार ईलाका प्रहरी कार्यालय मेलम्चीको मिलेमतोमा सिमित व्यक्ती र क्रसरलाई नदी किनारबाट बालुवा, गिट्टी उत्खनन् गर्न दिइएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने,‘वातावरणीय रिपोर्ट अनुसार एक महिनाअघि बन्द भएको बालुवा तस्करी रातको समयमा फेरी सुरु भएको छ, मेलम्ची बजारबाट सिपाघाटसम्म रातभर नदीमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन तथा निकासी भइरहेको छ ।’ गएको आर्थिक वर्षमा प्रहरीले निकै बाक्लो गस्ती गरेको थियो, कारबाही पनि भएको थियो । तर अहिले कुनै कारबाही नभपछि प्रहरी र स्थानीय प्रशासन तस्करहरुसँग मिलेको अधिकांश स्थानीयका आशंका छ । हिन्दु संस्कार अनुसार दाहसंस्कारका लागि प्रयोग हुने घाट नै मासिने गरी बालुवा उत्खनन भइरहेको छ । ईन्द्रावती नदीमा रहेको घाट नै भासिने गरी तस्करी हुन थालेपछि स्थानीयले विरोध जनाएका छन् । प्रहरी कार्यालयबाट खटिने प्रहरीहरुको आडमा रातको समयमा बालुवा तस्करी बढेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार असार महिनामा बालुवा तस्करी सबैभन्दा बढि भएको थियो तर कुनै कारवाही भएन । साउन महिनामा भने एक स्काभेटरसहित दुईवटा टिपरलाई कारबाही गर्न सिफारिस गरिएको प्रहरीले जनाएको छ । सो विषयमा ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लसँग जानकारी लिन खोज्दा उनले प्रहरीको मिलेमतोमा बालुवा तस्करी भएको कुरा ठाडै इन्कार गरे । बाटो बनाउनको लागि खोलामा स्काभेटर र ट्रिपर लगेको कुरा भने उनले स्विकार गरे । वातावरणीय रिपोर्ट अनुसार असार, साउन र भदौ महिनामा कुनै पनि स्काभेटर या ट्रिपर खोलामा प्रयोग गर्न निषेध गरिएको छ । अबैध उत्खनन् रोक्नलाई प्रहरीले गस्ती बढाउने प्रहरी निरीक्षक मल्लले बताए । स्रोतका अनुसार विश्वासिले प्रहरीलार्इ डिउटीमा पठाउन लगाएर बालुवाकाे काम गरिरहेका छन् । नियम विपरित नदीजन्य पदार्थ उत्खनन गरेको पाइए कारबाही गरिने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । \'हामीलार्इ इन्द्रावतीमा मध्य रातमा बालुवा झिकेको खबर अाएको छैन्\' प्रमुख तामाङले खबरडबलीसँग भने \'खबर अाउने बित्तिकै समात्छाैं ।\' जहाँ राज्यले प्रतिबन्ध लगाएको छ त्यहाँ बालुवा झिक्न नपाइने तामाङले बताए । करिब एक साता अघि इन्द्रावती बगरमा तस्करहरूबीच झगडा भएकाे थियो । खाेलाकाे ट्रनिङमा धेरै बालुवा हुने भएकाले कसले झिक्ने भन्ने हानाथापको कारण झडप हुने गरेको छ  । तर प्रहरीले कारवाहि गर्ने अाँट गरेन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending