Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

किन अशान्त भयो ढाका ?

बंगलादेश गत एकहप्तादेखि अशान्त छ । एउटा सडक दुर्घटनामा दुई विद्यार्थीहरूको मृत्यु भएपछि सुरु भएका विरोध प्रदर्शनहरू जारी रहेका छन्। धेरैजसो युवाहरू सहभागी विरोध प्रदर्शनको माग सरकारले सडक सुरक्षाको अवस्थामा सुधार गर्न तत्काल कदम चालोस् भन्ने रहेको छ। यो आन्दोलनले सरकार र विरोधीहरूबीच द्वन्द्वको अवस्था सिर्जना गरिदिएको छ भने एक करोड ८० लाख बासिन्दा रहेको राजधानी ढाकाका सडकहरूमा हिंसात्मक घटनाहरू भएका छन्। घटनाक्रम यस्तो छ जुलाई २९ का दिन ढाकामा तीव्र गतिमा गुडिरहेको एउटा बसले किचेर ती दुई विद्यार्थीहरुको मृत्यु भएको थियो। अर्को यात्रुवाहक बससँग प्रतिस्पर्धा गर्दै तीव्र गतिमा चलाउँदा उक्त बसका चालकले नियन्त्रण गुमाएका थिए। [caption id=\"attachment_199975\" align=\"alignleft\" width=\"850\"]\"\" प्रदर्शनकारीहरूले सडक अवरुद्ध पारेका छन् [/caption] अघिल्लो वर्ष मात्रै सडक दुर्घटनामा चार हजार पैदल यात्रुको मृत्यु भएको ढाकामा यो घटनालाई पनि अर्को नियमित दुर्घटनाका रूपमा बिर्सिने सम्भावना थियो। तर सामाजिक सञ्जालमा सो घटनाबारे चर्को रूपमा आक्रोश व्यक्त भएपछि विद्यार्थीहरूको विरोध प्रदर्शनको शृङ्खला सुरु हुन पुगेको थियो। विद्यालयमा पढ्ने दशौँ हजार विद्यार्थीहरूले ढाकाका सडकहरू अवरुद्ध पारिदिए। विरोध प्रदर्शनकारीहरूले ट्रक, बस र अन्य सवारीसाधनहरूलाई रोक्दै तिनका सवारी चालकको लाइसेन्स हेर्नुका साथै ती सडकमा गुड्न योग्य छन् कि छैनन् भनेर जाँच गर्न थाले। केही दिनसम्म यस्ता विरोधप्रदर्शनहरु जारी रहेपछि राजधानीमा सवारी आवागमन ठप्प हुन पुगेको छ भने राजधानीबाट देशका अन्य भेगमा जाने लामो दूरीका बस सेवा पनि रोकिएका छन्। शनिवारदेखि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेर धेरै किशोर प्रदर्शनकारीहरूलाई घाइते बनाएको आरोप लगाइएको छ। तर अधिकारीहरूले भने त्यस्तो आरोपको खण्डन गरेका छन्। [caption id=\"attachment_199977\" align=\"alignnone\" width=\"850\"]\"\" घर फर्किन गरिएको आग्रहलाई विद्यार्थीहरूले मानेका छैनन्[/caption] सोमवार पनि प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबीच क्याम्पस र आवासीय क्षेत्रमा झडपहरू जारी रहे। स्थानीय अस्पतालका एक चिकित्सकले \'द डेली स्टार\' समाचारपत्रसँग कुरा गर्दै कम्तीमा ४० जनाको उपचार भइरहेको र तीमध्ये धेरैजसो विद्यार्थीहरू रहेका बताएका छन्। सत्ताधारी अवामी लिग दलसँग सम्बद्ध विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लिग र प्रदर्शनकारीहरूबीच भिडन्त भएका विवरणहरू पनि प्राप्त भएका छन्। उक्त छात्र सङ्गठनले पत्रकारहरूलाई आक्रमण गर्ने, उनीहरूको फोन र क्यामरा फुटाइदिने गरेको आरोप पनि लगाइएको छ। विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न गएका केही पत्रकारहरूमाथि कुटपिट भएको पनि बताइएको छ। एक चर्चित अभियानकर्मी तथा फोटोपत्रकार शाहिदुल आलमलाई पनि पक्राउ गरी सामाजिक सञ्जालमार्फत् प्रोपोगान्डा र गलत समाचार फैलाएको भन्ने अभियोगमा मुद्दा चलाइएको छ। उनले अलजजिरा टेलिभिजनलाई एक अन्तर्वार्ता दिँदै सरकारले विरोधप्रदर्शनकारीहरूमाथि गरेको दुर्व्यवहारको कडा आलोचना गरेका थिए। एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी सङ्गठन एमनेस्टी इन्टर्न्याश्नलले उनको तत्काल रिहाइको माग गर्दै \'विद्यार्थीहरूले गरेका शान्तिपूर्ण विरोधप्रदर्शनमा सरकारले गरिरहेको हिंसात्मक कारवाही तत्काल रोक्न पनि माग गरेको छ। [caption id=\"attachment_199976\" align=\"alignnone\" width=\"850\"]\"\" सत्ताधारी दलका समर्थकहरूले हिंसा मच्चाएको आरोप लगाइएको छ[/caption] बाङ्ग्लादेश सरकारले विद्यार्थीहरूको माग सम्बोधन गर्न भन्दै सडकसुरक्षामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। केही दिनदेखि थाती रहेको नयाँ सडक यातायात ऐनलाई सोमवार नै मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। प्रदर्शनकारीहरूलाई शान्त तुल्याउने प्रयासमा उसले सडक दुर्घटनामा मानिसहरूको नियतवश ज्यान लिने काम गर्नेविरुद्ध मृत्युदण्डको सजायको व्यवस्था गर्ने पनि बताएको छ। तर अधिकारीहरुले प्रधानमन्त्री शेख हसिनाको सरकारलाई लाजमर्दो तुल्याउने गरि भइरहेको विरोधप्रदर्शन तत्काल अन्त्य हुनुपर्ने स्पष्ट पारेका छन्। आइतवार बोल्दै प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीहरूलाई आआफ्नो घर फर्कन आह्वान पनि गरेकी थिइन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending