भक्तपुर, २१ साउन । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा आइतबार दिउँसो साथी कहाँ जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र आज खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
त्यसैगरी अविरल वर्षाका कारण आज पनि भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको हनुमानघाट, बाराही स्थान लगायतको क्षेत्र बिहानैदेखि डुबानमा परेको छ । डुबानमा परेका चार जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् ।
निरन्तर पानी परेपछि खोलामा बाढी बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले हनुमन्ते नदी र मनोहरा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीले बाढीग्रस्त क्षेत्रका नियमित अनुगमन गरिरहेको उनले बताए ।
विशेषगरी रातिको समयमा आउने बाढीबाट बच्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीमा उद्धार गर्न र आवश्यक सहयोग गर्न नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उच्च सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यता सूर्यविनायक नगरपालिका–२ बोलकोट क्षेत्र विगत तीन दिनदेखि डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको पानीको भेलले उचित निकास नपाएपछि बालकोट हाइट, बंगलामुखी मार्गका तल्लो भेगमा करीब दुई दर्जन घर डुबानमा परेका छन् ।
त्यसैगरी बालकोट र सिरुटारको सिमानामा रहेको ढुङ्ग्रे खोलामा आएको बाढी पसेपछि बालकोट माइक्रोबस पार्क पछाडि र महेन्द्र शान्ति मावि पछाडिका करीब दुई दर्जन घर दुई दिनदेखि डुबानमा परेको छ । बाढीका कारण मकै र धान बालीसमेत नष्ट भएको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: