Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

कञ्चनपुर । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। \'हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो\' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। ‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’ उनले सामुहिक हो की होइन भनेर ‘भ्याजिनल स्वाव’ जाँच गर्न पठाएको बताए। तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्न सक्ने उनको भनाई रहेको छ। उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ । शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन। उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमुलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: