Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नेपाली फुटबल टोलीका प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो। कोजी अब सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश गर्न पाउँछन्। कोजी शुक्रबार जापान फिर्ता हुँदैछन्। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीषा ब्यवस्थानका एन्फाले चासो नदिँदा यो अवस्था आएको हो। उनी श्रम स्विकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए। एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ। कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए। कुनै पनि विदेशी नागरिक एक भीसा वर्षेमा १ सय ५० दिन मात्र पर्यटक भीसामा नेपाल बस्न पाउँछन्। कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए। अध्यागमन ऐनको बर्खिलाप गर्दै कोजी ९ दिन ‘ओभर स्टे’ बसेको स्रोतले जनाएको छ। अध्यागमन नियमावली २०५१ मा पर्यटकलाई एक भीसा वर्षमा बढीमा पाँच महिनाका लागि मात्र भीसा दिइने उल्लेख छ। - सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध - सन् २०१९ को जनवरीमा मात्र नेपाल प्रवेश पाउने - सन् २०१६ मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक - शुक्रबार जापान फिर्ता हुँदै कोजी प्रशिक्षक कोजीलाई अध्यागमन ऐन÷नियमको उल्लंघन गरी ओभर स्टे भएको आरोपमा अध्यामगन विभागले फिर्ता पठाएको हो। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ‘ओभर स्टे’ पाइएकाले कोजीलाई फिर्ता पठाउने निर्णय गरिएको बताए। ‘कोजीको पर्यटक भीसामा नेपाल बस्न पाउने समय गुज्रिसकेको थियो’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘सन् २०१८ भर नेपाल प्रवेश गर्न नपाउने गरी उनलाई निष्काशन गरिएको छ।’ उनलाई निष्काशन गर्ने निर्णय गर्नुअघि एन्फा पदाधिकारीले अध्यागनका अधिकारीसँग छलफल समेत गरेका थिए। अध्यागमन विभागका अधिकारीले अध्यागमन ऐन÷नियम अनुसार कोजीलाई थप भीसा दिन नमिल्ने बताएपछि एन्फाका पदाधिकारी चित्त बुझाएर फर्किएका थिए। एन्फा पदाधिकारीले भने कोजीलाई फिर्ता पठाएको विषयको बचाउ गरेका छन्। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षक कोजी राष्ट्रिय टोलीसँग शुक्रबार थाइल्यान्ड हुँदै इन्डोनेशिया जाने बताए। अध्यक्ष शेर्पाले अन्नपूर्णसँग भने, ‘उनको श्रम स्विकृतीको प्रक्रिया सुरु भइसेको छ। श्रम स्विीकृतिका लागि मैले बिहीबार नै फायल फरवार्ड गरिसकेको छु।’ नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजी एएफसीको प्रोडिप्लोमा लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनी सन् २००८ देखी २००९ सम्म भुटानको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक भएका थिए। जापानी राष्ट्रिय टोलीका पूर्व खेलाडी कोजीले सन् १९८७ देखी १९८९ सम्म जर्मन क्लबबाट फुटबल खेलेका थिए। कोजीले प्रशिक्षण सम्हालेको दुईवर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीले खासै उपलब्धी हात पार्न सकेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: