Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई देखेपछि स्थानीय मार्सिङ गुरुङ धर्धरी रोए

लाप्राक (गोरखा), भूकम्पको पहिलो झड्कामै ध्वस्त लाप्राक गाउँ पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई देखेपछि स्थानीय मार्सिङ गुरुङ धर्धरी रोए। जब गुरुङले भट्टराईलाई गाउँका प्रतिभाशाली व्यक्तिहरूको निधन भएको दुर्दान्त कथा सुनाउन थाले, उनीमात्र होइन त्यहाँ उपस्थित सबै गाउँलेको आँखा रसाइरहे। ‘लाप्राक पहाडको कुनामा लुकेको गाउँ हो। नामै नचलेको हाम्रो गाउँमा डिलबहादुर भाइ भर्खर गायक कलाकारका रूपमा नाम कमाउँदै थिए। उनी पनि पुरिएर मरे। हिमाल आरोहण गरेर गाउँलाई चिनाउन खोज्ने आशबहादुर पनि पुरिएर मरे’ मार्सिङले घिक्कघिक्क गर्दै भन्दै गए, ‘गाउँ पनि सबै भत्कियो। अरू गाउँमा त भूकम्पमात्र गएको छ। हाम्रोमा त भूकम्प पनि गयो पहिरो पनि गयो। अहिले पनि सुख्खा पहिरो झरिरहेको छ। पहिरोमा परेर बाटोमा हिँडिरहेका नौजना मरे। कोही पनि गाउँ फर्केर जान सकेका छैनन्। बारीको गहुँ बारीमै झरेर गयो। मुख्य बाली आलु हो। त्यो पनि बारिमै कुहिएर गयो। केही पनि बारीमा जान सकेका छैनन्।’ उनले पहिरोभित्र पुरिएका गाउँलेको शव अहिलेसम्म पनि झिक्न नसकेको कहानी सुनाउँदा महिला धरधरी रोए। ‘मर्ने बरु मरेर गए। यो बिजोक देख्नु परेन। हामी किन मर्न सकेनौं ?’ मार्सिङले यसो भन्दा भट्टराई पनि स्तब्ध भए। गाउँलेको गुनासो सुनाउँदै अर्का सन्तोष गुरुङले गाउँको अवस्था अब के हुने भन्नेमा सबै चिन्तित भएको बताए। ‘गाउँमाथि पनि पहिरो छ। गाउँमुनि पनि पहिरो छ। गाउँभित्र पनि चिरैचिरा छ। यस्तो गाउँमा अब हामी कसरी बस्ने ?’ उनले प्रश्न गरे, ‘थातथलो नछोडौं यो बर्खामा झन् ठूलो विपत्ति आउँछ। छोडौं भने कहाँ जाऔं ? अहिले टहरो बनाएर बसिरहेको गोप्सीडाँडामाथि पनि पहिरो छ। गाउँलाई अन्यत्र सार्दा लाप्राकको मौलिकता के होला ? हाम्रो घाँटु, मारुनी, भेषभूषा, भाषा, रहनसहन के होलारु हामी धर्मसंकटमा छौं।’ एक महिनादेखि खेतीपातीमा जान नसकेको सन्तोषले बताए। ‘गाउँ छोडेर यति टाढा आएर बसेका छौं। बाटोमाथि पहरो अड्केर बसेको छ। बारीमा जान बाटो छैन। बारी पनि पहिरिएको छ। पहिरोले बारीको गहुँ, आलु, मकै पनि पुरेको छ। गरेर खाने हामी किसान अर्काको अगाडि हात थापेर खानुपर्ने भिखारी भयौं’ कहिल्यै अर्काको सामु हात नफैलाएका उनले भने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending