Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अमेरिकी चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

न्यूयोर्क, १६ साउन । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ ।

मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ किनभने यिनीहरुमा “नियोजित” र “अनाधिकृत” राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो ।

तर यी ठेगानमा कम्तीमा वासिङटनका अधिकारीहरु जोडिएको पाइन्न । झण्डै ३००,००० मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको पाइन्छ र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएका छन् । “यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,” सिनेट जासूसी समितिमा डेमोक्राट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताउनुभयो । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिल्यै जानकारी गराएको थियो । वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ । सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूहहरु राजनीतिक प्रेरित रहेको उनले बताए । डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्का विरुद्ध लड्न प्रोत्साहित गरेको बताए । गैरनाफामूलक यो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोगसम्बन्धी विश्लेषण गर्दछ । क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्राट सांसद एडम सिफले मध्यावधि निर्वाचन अघि अझ बढी काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले भने, “विदेशी तत्वहरुले सन् २०१६ चुनावताका प्रयोग गरेकैजस्तो विधि यसपटक अपनाउन थालेका छन् । उनीहरुले हामीलाई राजनीतिक र वैचारिक दृष्टिकोणबाट विभाजित गरिरहेका छन् ।” संसदीय जासूसी समितिले सेप्टेम्बरमा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्ग, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से र गुगलका अधिकारीसँग संसदीय सुनुवाई गर्ने योजना बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपका सन्दर्भमा मिश्रित प्रतिक्रिया दिनुभएको छ । आगामी चुनावमा त्यस्तो हस्तक्षेपको सम्भावना छ त भनी गत साता सोधिएको प्रश्नमा ट्रम्पले मध्यावधि चुनावलाई लक्षित गर्ने सम्भावना रहेको ट्विटमार्फत जानकारी दिनुभएको छ । मङ्गलबार मात्र ह्वाइटहासका प्रवक्ता होगान गिड्लेले राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा कुनै पनि राष्ट्र, राज्य वा अरु कुनै खराब तत्वले हस्तक्षेप गरेमा त्यसलाई अमेरिकी प्रशासनले सहन नसक्ने स्पष्ट गर्नुभएको उल्लेख गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending