Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेस सांसदले लगाए यस्तो अारोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाएका छन् । नेपाल महिला संघका महासचिव खतिवडाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भने \'संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको छन्, यो विषयमा पार्टीले पटक पटक ध्यानाकर्षण गराएको छ, कुनै सुनुवाइ भएको छैन, सत्तारुढ दलले यस विषयमा तत्काल निर्णय गर्नुपर्छ ।\' न्यायपालिकालाई संसद्को मातहत राख्ने प्रयासमा कांग्रेसले सहमति जनाउन नसक्ने सांसद खतिवडाले प्रष्ट पारे । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा डा चिन्तामणि पोखरेललाई तीन वर्ष कार्यकाल बाँकी रहँदै राजनीतिक प्रतिशोधका आधारमा पदबाट हटाइनु आपत्तिजनक रहेको उनको भनाइ थियो । शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १५३ अनुसार पद रिक्त भएको भनिने बाहेक अन्य कारणबाट हटाउन नपाइने व्यवस्था भएकाले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराए । सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद भएको उनको भनाइ थियो । विभिन्न क्षेत्रमा बढाइएको करको दर पनि गलत रहेको बताउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छुँदा पनि सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्नाको साटो प्रश्रय दिइरहेको आरोप लगाए । पछिल्लो समय देशैभरि बलात्कारका घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले जघन्य अपराध गर्ने दोषीलाई कडा कानूनी कारवाही गर्नुपर्ने माग गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending