प्रकाश सिलवाल । काठमाडौँ, १५ साउन । नवगठित उच्चस्तरीय शिक्षा आयोगले समाजवाद उन्मुख समृद्ध र संघीय नेपाल अनुकूल शिक्षा नीति निर्माणका लागि कार्यारम्भ गरेको छ । प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकता र उत्थानशीलता सुनिश्चित गर्न कानूनी, संरचनात्मक र संस्थागत रुपान्तरणका लागि सिफारिश गर्ने अधिकार पाएको आयोगले विषयगत समूह बनाई काम थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको आयोगको बुधबार बस्ने पहिलो बैठकले विगतको उच्चस्तरीय शिक्षा आयोगको मस्यौदा सुझावलाई आधार मानेर पुनः विषयगत समूह बनाई काम शुरु गर्ने शिक्षा मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।
चिकित्सक डा गोविन्द केसीको अनशन, वार्ता र सहमतिका लागि शिक्षा मन्त्रालय व्यस्त भएकाले आयोगको काममा ढिलाइ भएको हो । अघिल्लो सरकारले गत भदौ १९ मा गठन गरेको ६५ सदस्यीय शिक्षा आयोगलाई निष्क्रिय तुल्याई वर्तमान मन्त्रिपरिषद्को यही असार ४ गतेको बैठकबाट गठित २४ सदस्यीय नयाँ आयोगले काम थालेका यसले शिक्षा क्षेत्रका अल्पकालीन र दीर्घकालीन सुझावहरु तयार गर्नेछ ।
आयोगका सदस्य विमल फुयाँलले पछिल्लो समयमा चिकित्सक डा केसी र सरकारबीच भएको सहमति र समग्र चिकित्सा तथा प्राविधिक शिक्षाका बारेमा पनि आयोगमा छलफल हुनेछ ।
शिक्षामन्त्री पोखरेलले आफ्नो तीनमहिने सुधार कार्ययोजनामा आयोगको सिफारिशका आधारमा समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण र संघीय व्यवस्थाअनुकूल शिक्षा नीति निर्माणको प्रतिबद्धता व्यक्त गरेअनुसार चार महिनाको कार्यादेशसहित आयोग पुनः गठन भएको हो ।
पुरानो शिक्षा प्रणालीलाई खारेज गरी नयाँ, वैज्ञानिक र जीवनोपयोगी शिक्षा पद्धति स्थापित गर्न आयोगले दिने सुझाव दूरगामी महत्वको हुनेछ तर शिक्षा मन्त्रालयमा विगतमा तयार भएका कतिपय आयोगको प्रतिवेदन थन्किएर रहेकाले वर्तमान आयोगको प्रतिवेदनको कार्यान्वयनबारे सुनिश्चितता देखिँदैन ।
संविधानमा व्यवस्था भएबमोजिम विद्यालय शिक्षा (१ देखि १२ कक्षा सम्म) क्रमशः अनिवार्य तथा निःशुल्क बनाउँदै उच्च शिक्षालाई अनुसन्धानात्मक तथा नवप्रवर्तनात्मक बनाउन प्रयत्न गर्ने मन्त्री पोखरेलले बताए ।
सरकारले निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी विधेयक पनि प्रतिनिधिसभामा लाने तयारी गरेको छ । संविधानको मौलिक हकमा कानूनबमोजिम माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्नेछ ।
हरेक प्रदेशमा एक आवासीय मातृभाषी विद्यालय स्थापना गर्नाका साथै विद्यार्थीको रुचि, क्षमता र बौद्धिकतालाई सम्बोधन गर्न कला, खेलकूद लगायतका विशिष्टीकृत विद्यालय स्थापना र सञ्चालन गर्ने शिक्षा मन्त्रालयको नीति छ । शिक्षामा निजी क्षेत्रकोे लगानीलाई सेवामूलक बनाइने मन्त्री पोखरेलको योजनाबारे पनि आयोगमा छलफल हुनेछ ।
वाम गठबन्धनले निर्वाचनको घोषणा पत्रमा उल्लेख गरेअनुसार शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न उद्योग, रोजगारी र शिक्षा बीचको सम्बन्ध स्थापित हुने गरी वाणिज्य र उद्योग क्षेत्रलाई प्रत्यक्ष रुपमा प्राविधिक एवम् व्यावसायिक शिक्षा र तालीमको विकासमा जिम्मेबार बनाउन सरकारले आयोगमार्फत तयारी गरेको हो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: