काठमाडौँ, १४ साउन । वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो ।
नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा यहाँ भएको तीनवर्षे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उक्त साँचो प्रदान गरिएको हो ।
सहमतिपत्रमा नेपालका तर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनका तर्फबाट चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ्लगायत उच्च अधिकारी तथा चीनका गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमरको लम्बाइ आठ दशमलव छ मिटर र चौडाइ तीन दशमलव पाँच मिटरको छ । १५ दशमलव आठ मेट्रिक टन तौल भएका उक्त बु्रमर डिजेलले चल्ने बताइएको छ ।
धुलो पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने उक्त बु्रमरको सात घनमिटर धुलो संकलन र सात घनमिटर पानी बोक्ने क्षमता छ ।
सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने छ । ९८ किमी प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रतिघण्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ ।
विसं २०७२ को भूकम्पबाट क्षति पुगेको वसन्तुपरको नौतले दरबार पुनःनिर्माणमा चीन सरकारले काम गरिरहेको छ । आजभन्दा ४५ वर्ष अगाडि चीन सरकारले निर्माण गरिदिएको चक्रपथ अहिले पनि चीन सरकारले नै विस्तार गरिरहेको छ ।
गत वर्ष काठमाडौँ महानगरमा जनप्रतिनिधि आएपछि पहिलो कामका रुपमा सफा शहर रहेको थियो । सोही कार्यको सार्थकताका लागि चीनले कामपालाई उक्त फोहर सफा गर्ने उपकरण दिने तयारी गरेको हो । उक्त उपकरण आगामी दुई महिनामा काठमाडौँ आइपुग्ने पनि कामपाले जनाएको छ ।
अन्य पाँच बु्रमर पनि ल्याउनका लागि खरिदको तयारी भइरहेको कामपाले सो अवसरमा जानकारी दिइयो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: