Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, १३ साउन । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबँुदे निर्णय सार्वजनिक गरेका हुन् ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको काठमाडौँ उपत्यकाका पाँचवटा ऐतिहासिक नगरपालिकाबीच ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको पुनःनिर्माण ऐतिहासिक प्रमाणको आधारमा परम्परागत शैलीमै पुनःनिर्माण गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । भक्तपुर नगरपालिकाको आयोजनामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच छलफल भएको हो । छलफलबाट उपत्यकाका पाँच वटा पुराना नगरपालिकाभित्रका पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका संरचनाहरु जनसहभागिता जुटाई पुनःनिर्माण गर्न जोड दिने, सम्पदाहरुको प्राप्त ऐतिहासिक प्रमाणहरुको आधारमा अध्ययन अनुसन्धान गर्दै परम्परागत मौलिक शैलीमा पुनःनिर्माण गर्न जोड दिने निर्णय भएको छ । पाँचवटै नगरपालिकाका प्रमुखले हस्ताक्षर गरेको निर्णयमा काठमाडौँ उपत्यकाका प्राचीन शहरहरु समेटेर साँस्कृतिक संरक्षित केन्द्र घोषणा गराउन सबै नगरपालिकाले पहल गर्ने र काठमाडौँ उपत्यकाका ऐतिहासिक नगरपालिकाबीच अन्तरनगर साँस्कृतिक आदानप्रदानमा जोड दिने उल्लेख गरिएको छ । टोलीले भक्तपुर नगरपालिकाभित्र भइरहेको सम्पदा पुनःनिर्माणको अवस्था, नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप मावि, ख्वप पोलिटेक्निक, ख्वप इन्जिनियरिङ्ग कलेजको स्थलगत अवलोकनसमेत गरेको थियो । नगर प्रमुखहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सम्पदा र शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending