चितवन, १३ साउन । मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्लाको बयरवन बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौँबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । निजमध्ये परियारबाहेकका अन्यले अरु तस्करको सम्पर्कबाट भारतको विभिन्न अस्पतालमा गई एक÷एक वटा मिर्गौला बिक्री गरेको पाइएको दाबी प्रहरीले गरेको छ । निजले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको विज्ञप्तिमा जनाइएको छ । मिर्गौला बिक्री गर्ने मानिस खोजी गरी सम्पर्क गराइदिएबापत एक जनाको मिर्गाैला बिक्रीबाट रु ५० हजारदेखि रु एक लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताए । संलग्न अन्य व्यक्तिको समेत खोजतलास भइरहेको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: