Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पाकिस्तानमा विपक्षीद्वारा चुनावी नतिजा अस्वीकार, पुनः निर्वाचन नगरे आन्दोलनको चेतावनी

पाकिस्तान। पाकिस्तानमा बुधबार भएको आमचुनावको परिमाणलाई राजनीतिक पार्टीहरुको एक समूहले अस्वीकार गरेको छ । अहिलेको चुनावी परिणाम अनुसार पूर्वक्रिकेटर इमरान खान निर्वाचीत भएर प्रधामन्त्री हुने निश्चित भएपछि अन्य राजनितीक पार्टीहरुको उक समूहले परिणाम अस्वीकार गरेको हो । यस्तै, प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको बीबीसीले जनाएको छ । परिणाम अस्वीकार गरेका ती पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुनः निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन्। प्रतिद्वन्द्वी पार्टीमा पूर्व सत्तारुढ दल पीएमएल-एन पनि छ, जसले यसअघि आफू विपक्षमा बस्न तयार रहेको बताएको थियो। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन्। पत्रकार सम्मेलनमा शरिफकै छेउमा बसेका एमएमए पार्टीका नेता तथा प्रवक्ता मौलाना फजालुर रहमानले फेरि चुनाव गराउनका लागि आफूहरू आन्दोलन गर्ने र प्रदर्शनहरू हुने बताएका छन्। एक दर्जनभन्दा बढी पार्टीका नेताहरूले चुनावपछि एउटा संयुक्त रणनीति बनाउनका लागि उक्त पत्रकार सम्मेलन गरेका थिए। चुनावमा खान र शरिफबीच प्रतिस्पर्धा हुने देखिएको थियो। धेरैजसो मतगणना भइसक्दा खानको पार्टीले राष्ट्रिय सभाको २७२ स्थानमध्ये ११५ मा अग्रता लिएको छ, जुन ६४ सीटमा अग्रता लिएको पीएमएल-एन भन्दा निकै अगाडि हो। तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ४३ सीट जितेको छ। बिलावल हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन्। पीपीपी पार्टीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन। बहुमतका लागि जम्मा १ सय ३७ सीट आवश्यक पर्छ र प्रधानमन्त्री हुने बाटोमा देखिएका इमरान खानले गठबन्धन सरकार बनाउनुपर्ने देखिन्छ। -बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending