Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

४२ माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?

काठमाडौं । सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आजको कान्तिपुर दैनिकमा याे खबर छ - आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणि सुवेदी सचिव थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँ, रजिष्ट्रार डिल्ली उप्रेतीलाई तत्काल बर्खास्तको सिफारिस गरेको छ । दोषी ठहरिएकाहरू: १ तीर्थ खनियाँ– उपकुलपति, त्रिभुवन विश्वविद्यालय २ डिल्ली उप्रेती– रजिस्ट्रार ३ सुधा त्रिपाठी– रेक्टर ४ तारा सापकोटा, डिन, कानुन संकाय (कार्यकारी परिषद्मा पदावधि सकिएको) ६ रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय (कार्यकारी परिषद् सदस्य) ७ राजेन्द्र पौडेल (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य) ८ हरि पराजुली (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य) ९ डा अनिलकुमार झा १० डा शशी शर्मा ११ डा सरोज श्रेष्ठ १२ डा करविरनाथ योगी १३ डा अकुर साह १४ प्रा डा ज्योति शर्मा १५ प्रा डा केशवप्रसाद सिंह १६ प्रा डा प्रमोदकुमार श्रेष्ठ १७ प्रा डा परशुराम मिश्र १८ प्रा डा रामप्रसाद उप्रेती १९ प्रह्लाद पन्त २० नारायण खनाल २१ लोकमानसिंह कार्की (भविष्यमा सरकारी सेवाका लागि अयोग्य० २२ रामकण्ठ माकाजू (सचेत बनाउने) २३ हीराबहादुर महर्जन, पूर्वउपकुलपति, त्रिवि ९भविष्यमा सरकारी सेवाका लागि अयोग्य) २४ डा बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति, बीपीकेएचएस (भविष्यमा सरकारी सेवा अयोग्य) २५ भागवत नेपाल (जागिर छाडेकाले कारबाही सिफारिस नगरेको) २६ दामोदर गजुरेल, पूर्वअध्यक्ष मेडिकल काउन्सिल २७ नीलमणि उपाध्याय, पूर्वरजिस्ट्रार भ्रष्टाचारमा छानबिन २८ प्रा भरत झा २९ प्रा डा गोविन्दप्रसाद शर्मा ३० प्रा डा त्रिलोकपति थापा ३१ प्रा डा केबी राउत ३२ डा मनोहरप्रसाद गुप्ता ३३ श्री चन्द्रलाल श्रेष्ठ ३४ श्री हिरेन्द्रमान अमात्य ३५ डा सीडी चावला ३६ प्रा श्यामसुन्दर मल्ल ३७ डा रमेशकुमार अधिकारी ३८ डा रोहित श्रेष्ठ ३९ डा ओजस्वी नेपाल ४० डा प्रकाशराज न्यौपाने ४१ डा सीबी पुन ४२ पन्ना थापा

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: