Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन

काठमाडाैं, ११ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन गरेको छ । श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्को आज बसेको बैठकले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि चन्द्रप्रसाद ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका प्रतिनिधि रामेश्वर शाह, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि विश्वनाथ प्याकुरेल र विज्ञका रुपमा अधिवक्ता रमेश बडाल रहेका छन् । कार्यदलले कार्यारम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ । बैठकले कार्यदलको सिफारिशका आधारमा श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउन सकिने कामको सूची राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै बैठकले श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, ट्रेड युनियन ऐन, २०४९ तथा बोनस ऐन २०३० लगायत ऐनमा भएका प्रावधानबीच आपसमा तादाम्यता मिलाउन ती ऐन संशोधन गर्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ । बैठकले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा श्रम ऐन, २०७४ का प्रावधान कार्यान्वयन तथा उक्त ऐनमा कुनै द्विविधा रहे÷नरहेको एकीन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने सहसचिव र कानून शाखाका उपसचिव रहेको एक समिति गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । बैठकमा यही साउनदेखि लागू भएको न्यूनतम पारिश्रमिक, सोको सुनिश्चितताको लागि पारिश्रमिक तथा वित्तीय सुविधा चरणबद्ध अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था तथा बाल श्रम निवारण राष्ट्रिय गुरूयोजना सम्बन्धमा मन्त्रालयबाट भएको कार्य प्रगतिबारे छलफल भएको थियो । बैठकमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र विभिन्न श्रमिक संगठनका प्रतिनिधि सहभागी थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: