Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संसद् र सरकारबाट केसीसँगको सहमति कार्यान्वयन शुरु

प्रकाश सिलवाल । काठमाडौँ, ११ साउन । सरकारले चिकित्सक डा गोविन्द केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढाएको छ भने प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ ।

सरकार र अनशनरत केसीबीच बिहीबार चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रका विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ उपत्यकाका मेडिकल, डेन्टल र नर्सिङमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिनेलगायतका विषयको सम्बोधनका लागि पनि प्रतिनिधिसभामा प्रक्रिया अघि बढेको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सहमति टेबुल गरेपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा छलफलको प्रक्रिया अघि बढेको छ । केसीले अस्पतालमा आधारित २७ दिनको आमरण अनसन तोडेका थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले प्रतिनिधिसभामा प्रस्तुत चिकित्सा शिक्षामा सहमतिअनुसार संशोधनका लागि संसद्ले गर्नुपर्नेबाहेक सरकारले गर्ने अन्य कामको प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

सरकारले आजै व्यवस्थापिका–संसद्मा डा केसीसँगको सहमतिबारे जानकारी गराएको थियो भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले संसदीय दलको बैठकमा सहमतिबारे अवगत गराइएको थियो ।

सचिव बरालले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत विधेयकको मस्यौदा शुरु भएको र पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल स्थापना गर्ने सम्बन्धमा यसअघि नक्शांकन भएका ठाउँको सम्भाव्यता अध्ययनका लागि छलफल गरिएको बताए ।

उहाँले गौरीबहादुर कार्कीको प्रतिवेदनका आधारमा हुनुपर्ने कारबाहीका लागि यसअघि नै प्रक्रिया प्रारम्भ भएको र अब त्यसलाई थप दु्रत बनाइने राससलाई जानकारी दिनुभयो । सहमतिमा विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने मापदण्ड निर्धारणका लागि आवश्यक ऐन, नियम र नीतिलाई समायोजन एवं संशोधनलगायत कार्य अध्ययन गरी सिफारिश गर्न सम्बन्धित विशेषज्ञ र कानून बेत्तासमेत रहनेगरी १५ दिनभित्र कार्यदल गठन गर्ने उल्लेख भएकाले त्यसका लागि पनि मन्त्रालयले प्रक्रिया अघि बढाएको सचिव बरालले बताए ।

सहमतिका लागि क्रियाशील नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरु सहमतिको अक्षरशः कार्यान्वयनका लागि कटिबद्ध रहेको बताए । सहमतिसँगै प्रमुख प्रतिपक्षको सदनको अवरोधको स्थिति अन्त्य भएकाले कानून निर्माणका लागि वातावरण सहज भएको उनको भनाइ छ ।

सम्बन्धनबारे आयोगले निर्णय गर्न सक्ने 

सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ उपत्यकाका मेडिकल, डेन्टल र नर्सिङमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने उल्लेख भएकाले सम्बन्धका लागि ऐनबमोजिम गठन हुने अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोगले मापदण्ड बनाएर निर्णय गर्न सक्ने देखिएको छ । विधेयकको प्रस्तावमा आयोगको काम कर्तव्य र अधिकारमा सम्बन्धनको विषय राखिएको छ । सहमतिमा १० वर्षसम्म सम्बन्धन रोक्ने भन्ने किटान गरिएको छैन ।

आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा भने सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिइ स्वामित्व ग्रहण गर्नसक्ने सहमतिमा उल्लेख छ । त्यस्ता शिक्षण संस्थाले प्राथमिकता तोकिएका क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराइनेछ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending