Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue

काठ चोर्ने गिरोह पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६ घर भई हाल सूर्यविनायक बस्ने २३ वर्षीय भिम तामाङ, सिन्धुली ध्याङ्ले–७ घर भई हाल सूर्यविनायक बस्ने १७ वर्षीय टल्के थोकर, सिन्धुली ध्याङ्कले–७ घर भई हाल सूर्यविनायक बस्ने २० वर्षीय राजकुमार थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासलमा बस्ने ३२ वर्षिय दिपाक खपाङ्गी रहेका छन् । प्रहरीले गिरोहलाई खाँडादेवी फर्निचर उद्योगबाट करिव २६ क्यूफिट सालको काठ चोरी गरी भाग्दै गरेको बा १ ख ८६१० नं को मिनीट्रक र चालक काभ्रे फुलबारी–३ घरभई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय विकास तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए । उनीहरुको अरु गिरोहसँग मिलेमतो छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए । त्यसैगरी मध्यपुर थिमी नगरपालिका–६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सर्वाजनकि गरेको छ । दोलखा वैदेश्वर गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवकोट बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । खानतलासीको क्रममा रिमालको कोठाबाट २ तोला ५१ लालको २ थान सुनको सिक्री, २ तोला २५ लालको सुनको मंगलसुत्र १ थान, १ तोला १६ लालको सुनको हातमा लगाउने बाला १ थान, सुनको १ तोलाको बेरुवा औंठी १ थान, १८ तोला चाँदीको टिकादानी १ थान र बिभिन्न कम्पनीका मोबाइलहरु ५ थान बरामद गरेको प्रनाउ पोखरेलले जानकारी दिए । उनमाथि चोरीका मुद्दा दर्ता गरी थप अनुसन्धानको कार्य भइरहेको पनि उनले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending