Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

१५ वर्षपछि फर्कियो खुसी

भैरहवा । हराएको छोरालाई १५ वर्षपछि आँखैअघि देख्दा ५० वर्षे बाबु डिल्लीराम पुन बोल्नै सकेनन् । ६ वर्षीय छोरा विक्रम हराएपछि उनले चारैतिर खोजे । भेटेनन्, केही उपाय नलागेपछि घरमै बसिरहेका थिए । बुधबार विक्रमलाई देखेपछि बाबु डिल्लीराममा खुसीको सीमै थिएन । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - उनी त्यो खुसी शब्दमा व्यक्त गर्न सकिरहेका थिएनन् । छोरालाई जिम्मा लिएको औपचारिक कागज गर्न जिल्ला प्रहरी परिसरमा पुगेका उनले भने, ‘जताततै खोज्दा खोज्दा फेला नपारेपछि आस मारिसकेका थियौं ।’ छेउमा विक्रमकी आमा रञ्जिता उसै गरी खुसीका आँसु झारिरहेकी थिइन् । विक्रमलाई केही दिनअघि भारतको दिल्लीमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चले उद्धार गरी परिवारमा पुन:स्थापना गराएको हो । कलिलैमा बिछोडिएका विक्रम १५ वर्षपछि परिवारको सानिध्यमा आएका छन् । ६ वर्षको उमेरका हराएका उनलाई भारत पुर्‍याइएको थियो । ठेगाना र अभिभावकका बारेमा जानकारी दिन नसक्दा घर फर्किन सकेका थिएनन् । डिल्लीरामको परिवार म्याग्दीको बेनी नगरपालिका–३ भकेम्लीमा बस्छ । विक्रमलाई लिन बाबु, आमा र नातेदार रूपन्देहीको कोटिहवास्थित अविनाश अनाथ आश्रम पुगेका थिए । उक्त आश्रममै कार्यरत कर्मचारी पवित्रा विकको सहयोगमा पारिवारिक मिलन सम्भव भएको थियो । पवित्रा विक्रमकी छिमेकी हुन् ।कलिलैमा बिछोडिएकालाई आश्रममा ल्याएपछि पवित्राले आफ्नो छिमेकमा पनि एक बालक वर्षाैंदेखि हराएको सम्झिइन् । उनले सोधीखोजी गरिन् । फोन गरेर विक्रमका बुवा डिल्लीरामलाई यसबारे बताइन् । डिल्लीरामले फोनबाटै जानकारी गराएको हुलिया र शरीरका चिह्न मिलेपछि अन्य प्रमाणसहित उनलाई बोलाइएको आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले बताए । ‘पन्ध्र वर्षपछि बावु–छोरा र आमाको भेट आश्रममै गरायौं,’ उनले भने । वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि डिल्लीरामले काठमाडौंको गोगंबुमा होटल सञ्चालन गरेका थिए । त्यहाँ परिवारसहित बस्थे । २०६० साल जेठ ३ गते शनिबार खेल्ने क्रममा विक्रम सम्पर्कविहीन भएका थिए । लगत्तै आमाबाबुले सोधखोज गरे । उनीहरूले सोह्रखुट्टेस्थित प्रहरीमा पनि बालक हराएको जाहेरी दिएका थिए । आफ्नो सन्तान कसरी भारत पुग्यो भन्नेबारे जानकारी नभएको उनीहरूले बताए । प्रवासी मित्र मञ्चले गत शनिबार उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहबाट उद्धार गरेको थियो।  

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: