Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

‘स्वास्थ्य र शिक्षा सुधार्ने नाममा हुने हडतालले जनता मारमा’

भक्तपुर, १० साउन । विगतमा सत्ताको नेतृत्व गर्ने व्यक्ति र दलका नेतालाई प्रा डा गोविन्द केसीले उठाएको माग एवं अनशनको समर्थनमा बोलेर सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको सरोकार भएकाहरुले बताएका छन् । सरोकार भएकाहरुले प्रा डा केसीलाई ढाल बनाएर सत्ताको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । मानवअधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले आन्दोलनको शैली गलत भएको बताए । उनले भने, “गोविन्द केसीको माग जायज कि नाजायज भन्ने बहस आफ्नै ठाउँमा होला, तर गोविन्द केसीलाई प्रयोग गरेर गरिएको आन्दोलनले जनतामाझ छवि राम्रो बनाएको छैन ।” गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्इंले नेपाली काँग्रेसको नेतृत्वको सरकारले प्रा डा केसी अनशन बस्दा किन माग पूरा नगरेको र अहिले किन त्यही मागका बारेमा सडकमा ओर्लिएको भनी प्रश्न गर्दै उनको मागमा राजनीतीकरण गर्न नहुने बताए । सर्वोच्च बारका एशोसिएशनका सदस्य दुर्गामोहन श्रेष्ठले राज्यले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने बताए । स्वास्थ्य र शिक्षा व्यापार गर्ने ठाउँ नभई सेवा गर्ने ठाउँ भएको बताउँदै पहिलादेखिको मेडिकल कलेज सबै राष्ट्रियकरण गरे सबै समस्या समाधान हुने उनको भनाइ थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले अहिलेको आन्दोलनलाई बेमौसमी बाजाको संज्ञा दिँदै स्वास्थ्य र शिक्षा सुधार्ने नाममा हुने हडताल र बन्दले जनता मारमा पार्ने काम हँुदै आएको बताए । अहिले अस्पतालमा बिरामीले पाएको दुःख, सास्ती र उपचारबाट वञ्चित गर्नु नाजायज भएको उनले बताए । मानव अधिकार तथा विकास मञ्चका अध्यक्ष अनिता पाण्डेले आन्दोलनका नाममा मानवअधिकार हननका कार्य हुनु दुःखद् भएको बताए । उनले भने, “ जनतालाई दुःख दिने, उपचारमै वञ्चित गराउने र बाँच्न पाउने अधिकार खोस्न खोज्नेबाट भावी दिनमा जनताले के आशा गर्ने ?” नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले एउटा समस्या लिएर अनशन बसेका प्रा डा केसीले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अरू समस्या जन्माउनु गलत भएको टिप्पणी गर्नुभयो । निर्माण व्यवसायी भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईंले आफ्नै कुराको अडानमा बसेर वार्ता असफल पार्न खोज्नु प्रा डा केसीका समर्थकको गलत प्रवृत्ति भएको बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: