Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्रहरीले बालक र गर्भवतीलाई कुटपिट गर्दा तनाव, गोली चलाउँदा दुई जना घाइते

सुनसरी, ९ साउन । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउपालिका–६ र ७ घुस्कीका बासिन्दा र सशस्त्र प्रहरीबीच तनाव सिर्जना भएको छ । आज दिउँसोको समयमा सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेको बताएकाे छ ।

स्थानीय बासिन्दालाई धपाउनका लागि प्रहरीले गोली चलाउँदा दुई जनालाई गोली लागेको छ । सशस्त्र प्रहरीको गोली लागेर हरिनगर–६ घुस्कीका कैजुम मियाँ र महिजान खातुन घाइते भएका छन् ।

घाइते मियाँ र खातुनलाई उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले २० राउण्ड हवाइफायर गरेको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि सात राउण्ड हवाइफाइर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहितको नेतृत्वमा ९० प्रहरी परिचालन गरिएको छ भने गाउँपालिकाका अध्यक्ष गफार अंसारीको पहलमा वार्ता भइरहेको छ ।

सीमासुरक्षा बल सशस्त्र बेस क्याम्प घुस्कीले आफ्ना प्रहरीसमेत घाइते भएको जिकिर गरेको छ । आक्रोशित बासिन्दाले गरेको आक्रमणबाट सशस्त्र प्रहरी जवान भीम सुन्दास, प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङ, हवल्दार सुभाष यादव, सशस्त्र प्रहरी हवल्दार नेत्र बस्नेतलगायत घाइते भएको जनाइएको छ । घटनापछि अपराह्न साढे ४ बजेदेखि राति अबेरसम्म घुस्की बजार तनावग्रस्त रह्यो । घुस्की बजार क्षेत्र र सशस्त्र तथा नेपाल प्रहरीको चौकी घेराउ गर्नाका साथै दर्जनौँ स्थानमा टायर बालेर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगतले महिलामाथि हातपात गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । उनले महिलाले गल्ती गर्दैमा यथार्थ कुरा पत्ता नलगाई दुव्र्यवहार गर्नु आपत्तिजनक विषय भएकाले त्यस्ता व्यक्ति वा प्रहरीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । फाेटाेः इन्टरनेट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending