Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

डाँका मुद्दाका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

तनहूँ, ९ साउन । डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी आज तनहुँ जिल्ला अदालतमा पेश गर्दा अदातलको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

विसं ०६९ साल जेठ २९ गते राति जिल्लाको साविक राइपुर गाविस वडा नं. ४ बस्ने ५९ वर्षीय रुकप्रसाद लम्सालको घरमा हतियार देखाएर दुई तोला सुनको सिक्रीसमेतका गरगहना लुटी सापकोटा वारदातपश्चात फरार रहेका थिए ।

फरार रहेका प्रतिवादी सापकोटालाई गत मंगलबार व्यास–३ मा पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको तनहूँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। ९५ थान अबैध लागुऔषधसहित चार जना पक्राउ  यसैगरी प्रहरीले ९५ थान अवैध लागुऔषधसहित आज चार जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भानु नगरपालिका वडा नं. १ निवासी १८ वर्षीय आशिष भुजेल, बन्दिपुर गाउँपालिका वडा नं. ४ निवासी १८ वर्षीय अक्रम मिया, सोही स्थानका २५ वर्षीय सागर खड्का र सोही स्थानका ३० वर्षीय समिर बानियाँ रहेका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. १ बेसीशहर चोकस्थित शंकास्पद रुपमा भेटिएका आशिष भुजेल र अक्रम मियालाई नियन्त्रणमा लिँदा उनीहरुको साथमा डाइजेपाम लेखेको २ एमएलको शिशी ३२ थान, नोफिन २ एमएलको ३३ थान र फेनेरागन २ एमएल को ३० थान गरी ९५ थान फेला परेको थियो । उक्त लागुऔषध खरिद गर्न आएका समिर बानिया र सागर खड्कालाई समेत सोही स्थानमा फेला पारी लागुऔषधसहित मोबाइल सेटहरु बरामद गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप आवश्यकीय अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: