चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू), रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले जोड दिएका छन् । एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताएका हुन् । नेता न्यौपानेले आन्तरिक व्यवस्थापनलाई चुस्त पार्दै कृषि शिक्षामा आफैँ सक्षम भएर जानुपर्नेमा यसरी निजी क्याम्पसलाई सम्बन्धन दिँदा कृषि शिक्षामा व्यापारीकरण हुने चिन्ता प्रकट गरे । सम्बन्धन खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले विगत १५ दिनदेखि यहाँ आन्दोलन गरिरहेका छन् । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष न्यौपानेले कृषिसँग मुलुकको भविश्य जोडिएको भन्दै यसलाई निजीकरण गर्नु नहुनेमा जोड दिए । केन्द्रीय नेता र शिक्षा मन्त्रालयसँग छलफल गरेर विद्यार्थीको आन्दोलनलाई सकारात्मक ढंगले टुंगाउन आफू चितवन आएको जानकारी दिँदै न्यौपानेले पहिले एएफयूको केन्द्रीय क्याम्पस व्यवस्थित गर्नुपर्ने र त्यसपछि आंगिक क्याम्पसलाई चुस्त पार्दै लैजानुपर्ने आवश्यकता औँल्याए । नेकपाका अर्का केन्द्रीय सदस्य गैरेले सरोकारवालासँग सामान्य छलफल नै नगरी निजीकरण गर्न खोज्नु सरासर गलत भएको जिकिर गरे । यस्ता प्राविधिक शिक्षामा सामान्य जनताको समेत पहुँच बढाउनुपर्ने बेलामा झन् निजीलाई दिँदा सर्वसाधारणको पहुँच नपुग्ने उनको तर्क छ । अनेरास्ववियूका पूर्वअध्यक्ष गैरेले यस्ता प्राविधिक विषयमा गम्भीर हुन समेत कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई आग्रह गरे । नेत्रविप्लव चन्द नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले विद्यार्थीहरुको आन्दोलनमा आफ्नो साथ रहेको उल्लेख गर्दै निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा जोड दिए । नेपाल विद्यार्थी संघ चितवनका पूर्वसचिव परमेश्वर खनालले निजीकरण अन्त्यका लागि भएको विद्यार्थी र प्राध्यापकको आन्दोलनमा आफ्नो साथ रहेको बताए । विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए। सो क्रममा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि किरण रोका, मन्दिप पोखरेल, हेमराज कडायतलगायतले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । आजपनि विद्यार्थीहरुले सम्बन्धन खारेजीको माग गर्दै कलेजमा धर्नासहित नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले सम्बन्धन खारेजीको माग गर्दै गत असार २६ गतेबाट आन्दोलन जारी राखेका छन् भने प्राध्यापकहरुले पनि साउन पहिलो सातादेखि आन्दोलन थालेका छन् । हालैमात्र एएफयूले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्रा डा इश्वरीप्रसाद ढकालले जानकारी दिए । सरकारले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनु परेको उनको भनाइ छ । यसैबीच आजमात्रै एएफयूले सो विषयमा वार्ताका लागि पूर्वरजिष्टार सूर्यकान्त घिमिरेको संयोजकत्वमा एक समिति बनाएको सार्वजनिक गरेको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: