Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बंगलादेशमा डाक्टर पढ्नेहरू कानुनमन्त्रीको भनार्इप्रति यसो भन्छन्

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले एक निजी विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्राहरूले अध्ययनपछि प्रमाणपत्र पाउन अस्मिता बेच्न बाध्य हुने गरेको भन्ने आशयसहितको टिप्पणीप्रति छात्राहरूले आक्रोश व्यक्त गरेका छन् । जिम्मेवार पद धारण गरेको व्यक्तिबाट भएको विवादास्पद टिप्पणी माफी दिन लायक नभएको पनि उनीहरूले बताएका छन् । एकथरीले भने उनको उक्त भनाइले नै महिलामाथि हिंसा भएको तर्क गरेका छन् । अर्काथरीले चाहिँ उनको राजीनामा नै मागेका छन् । कानूनमन्त्रीले विना प्रमाण लगाएको लाञ्छनाले विद्यार्थीको दक्षतामै प्रश्न चिन्ह खडा गरेको बंगलादेशको सिलेट शरहमा रहेको इस्टवेस्ट विश्वविद्यालमा अध्ययनरत सब्बु पोखरलले बताइन् । \"म बंगलादेशमा बसेर पढेको तीन वर्ष भइसक्यो । तर मन्त्रीले भन्नुभए जस्तो यौन हिंसाबारे मलाई थाहा छैन । हामीले राम्रो नम्बर ल्याएर उत्तीर्ण हुनुपर्छ भनेर निकै मिहिनेत गरिरहेका छौँ । \"विना आधार उहाँले यस्ता टिप्पणी गरिदिएपछि हाम्रो दक्षतामाथि भोलि प्रश्न उठ्न सक्नेछ अब ।\" ढाकामा एमबीबीएस पढ्दै गरेकी छोरीकी आमा सरिता थकालीले पनि मन्त्री तामाङले गरेको हलुका टिप्पणीले मन चस्स पारेको बताइन् । उनले भनिन्, \"आफ्नो बच्चाहरू पढिरहेको ठाउँको बारेमा त्यस्तो आरोप लगाएको सुन्दा मन दुख्यो । त्यस्तो सुन्ने बित्तिकै मैले छोरीलाई फोन गरेर सोधेँ । तर उसले पढ्ने वातावरण राम्रो भएको बताईन ।\" मन्त्री तामाङको विवादास्पद टिप्पणीको सार्वजनिक मञ्च र सामाजिक सञ्चालमा निकै आलोचना भएको छ । विपक्षी दलका नेताहरूले पनि उक्त भनाइबारे प्रतिक्रिया दिएका छन् । मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मन्त्री तामाङको टिप्पणीको प्रमाणबारे प्रश्न गरिन् । महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूले पनि यसको भर्त्सना गर्दै विज्ञप्ति निकालेका छन् । चिकित्सा शिक्षा अध्यादेशमा आफूले राखेका मागहरू समावेश हुनुपर्छ भन्दै डा. गोविन्द केसी अनशन बसेपछि चिकित्सा शिक्षा फेरि एकपटक राजनीतिक मुद्दा बनेको छ । यसरी उठेको राजनीतिक मुद्दाको ध्यान अन्यत्र तान्न यस्ता खालका अभिव्यक्तिहरू आएको केही समयअघि बंगलादेशबाट एमबीबीएस सकेर फर्केकी पाँचखाल निवासी रोजी मानन्धर बताउँछिन् । \"मेडिकल कलेज खोल्न अनुमति दिने विषय उठिरहेको बेला मन्त्रीज्यूले सजिलै बंगलादेशमा अध्ययन गरिरहेका छात्रामाथि यौन शोषण भएको भनिदिनुभयो । जबकि राजनीतिक विषयमा महिला अस्मिता जोड्नुपर्ने कुनै जरुरी नै छैन । \"उहाँहरू जनताप्रति जवाफदेही हुनुपर्ने हो । तर आजकल राजनीतिज्ञहरूलाई जे बोले पनि हुन्छ भन्ने लाग्छ ।\" कानूनमन्त्रीले गरेको गैरजिम्मेवारी पूर्ण टिप्पणीबारे सरकारले कारबाही गर्नुपर्ने मानन्धरले बताइन् । आफ्नो टिप्पणीको व्यापक आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । \"बंगलादेशमा दुई हजारभन्दा बढी नेपाली छात्रा चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ। ती विद्यार्थीले भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हुँ ।\" \"नेपाली छात्राले अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रूपमा समेत रहेका छन्,\" उनको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनले क्षमा माग्दै लेखेका छन्, \"मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।\" तर मन्त्री तामाङले विज्ञप्तिमार्फत मागेको माफीले उनीहरूलाई गरेको क्षतिको न्यूनीकरण गर्न नसक्ने बांग्लादेशमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत एलिजा सैंजुको भनाइ छ । उनी भन्छिन्, \"सत्यतथ्य थाहा नभएको विषयमा उहाँले यत्तिकै बोलिदिनुभयो अनि त्यसको आलोचना भएपछि माफी माग्नुभएको हो। तर उहाँको बोलीले हाम्रो चरित्रमाथि उठेको प्रश्नको जवाफ उनको माफीले समाधान गर्न सक्छ र ?\" महिला अधिकारकर्मीहरू भने विदेशमा नेपाली चेलीको खराब स्थिति चित्रण गर्ने क्रममा मन्त्री तामाङले आफैँले महिलामाथि दुर्व्यवहार गरेको बताएका छन् । त्यस्तैमध्येकी एक डाक्टर रेणु अधिकारीले भनिन्, \"महिलालाई उपभोग गर्ने वस्तुको रूपमा हेर्ने व्यक्तिले यस्तो टिप्पणी गर्नसक्छन् । उहाँले बोलीमार्फत महिला दुर्व्यवहार गर्नुभएको छ ।\" देशभित्र बढ्दो क्रममा रहेको महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न पर्याप्त पहल गर्न नसकेको सरकारका कानून तथा न्याय मन्त्रीद्वारा आएको गैरजिम्मेवार टिप्पणीले महिलाको मुद्दामा सरकार कत्तिको जिम्मेवार छ भन्ने प्रस्ट पारेको अधिकारकर्मीहरूले बताएका छन् । यस्तो अभिव्यक्ति दिने व्यक्तिमाथि कारबाहीको पनि उनीहरूले माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending