Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

प्रकाश सिलवाल । काठमाडौँ, ७ साउन । राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्षरुपमा संलग्न गरएको विषय पुनःविवादित बनेको छ ।

पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन । अस्पतालमा आधारित आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उनका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्यसहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिकका १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गरेकाे ऐक्यबद्धता व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको वरिष्ठ पत्रकार एवं विज्ञहरुको भनाइ छ । \"\"

त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक पी. खरेलले संविधान: आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन जुनसुकै नागरिकलाई अधिकार भए पनि सम्पादक र पत्रकारले ती सबैका माग उचित वा अनुचित भनेर वकालतमा उत्रनु व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको टिप्पणी गरे । रासससँग कुरा गर्दै उनले भने, “पत्रकारिता भनेको पहरेदारको पनि पहरेदार गर्ने पेसा हो । आफूलाई उचित लागेको विषयमा विचार र सम्पादकीय लेख्न पाइन्छ तर यसरी अनशनस्थलमा पुगेर सम्पादकले सामूहिकरुपमा समर्थन गरेको उदाहरण विश्वमा विरलै पाइन्छ ।” वरिष्ठ पत्रकार किशोर नेपालले सम्पादकले आफूले पालना गर्ने कर्तव्यको परिभाषा कसरी गरेका छन्, त्यसै आधारमा उक्त ऐक्यबद्धतालाई हेर्नुपर्ने बताए । कान्तिपुर दैनिकका पूर्वसम्पादक नेपालले भने, “प्रजातान्त्रिक समाजमा विचार राख्न पाउने स्वतन्त्रताअन्तर्गत सम्पादक अस्पताल गएको हुन सक्छ तर उहाँहरु कसैको ‘कुक्स’ का आधारमा गएको हो भने राम्रो होइन, एक्टिभिष्ट नभई सम्पादकीयमार्फत आफ्नो विचारलाई जनतासमक्ष फराकिलोरुपमा लान सकिन्छ ।” उनले सरकारले पनि डा केसीको अनशन र उनको मागलाई वास्ता नगरेकाले सम्पादकहरु त्यहाँ पुगेको हुन सक्ने बताए । पत्रकार आचारसंहिता, २०७३ मा पत्रकारले गर्न नहुने विषयअन्तर्गत बुँदा नम्बर १० मा पत्रकारले “अनुचित दबाब र सम्बन्ध” राख्न नहुने उल्लेख छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पत्रकारले एक्टिभिज्म र पक्षधरता देखाउनु पत्रकार आचारसंहिताविपरीत हुने भन्दै गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र अभियानमा ऐतिहासिक आवश्यकताका आधारमा पत्रकारहरु लागेको अनुभव भए पनि हरेक मुद्दापिच्छे सम्पादकको ऐक्यबद्धता देखिनु निष्पक्षता नहुने बताए । कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, “यसले गर्दा निष्पक्ष पत्रकारिताको कर्तव्य र भूमिकाबाट च्यूत भएको ठहर्छ ।” ऐक्यबद्धतामा सहभागीमध्येका नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले केसीले सर्वसाधारणको शिक्षा र स्वास्थ्यको अधिकारका आवाज उठाएको आफूहरुलाई लागेकाले विगतदेखि नै लेख्दै र समर्थन जनाउँदै आइएको प्रतिक्रिया दिए । “जुन कुरामा हाम्रो विश्वास छ, त्यसमा त्यसरी प्रतिबद्धता जनाउन जानै हुन्न भन्ने होइन”, लुइँटेलले भने, “केसीको जीवनरक्षाका लागि पनि हामीले दबाब दिएका हौँ । हामीहरु २०६२÷०६३ को जआन्दोलन र पछि पनि मानवअधिकारका विषयमा पर्दा यसरी उत्रँदै आएका छौँ । त्यसकारण यसपल्ट पनि गएका हौँ ।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending