Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मेडिकल कलेज राष्ट्रियकरण नगर्ने पक्षमा प्रचण्डः केसीलार्इ देखाएर धमिलो पानीमा माछा मार्न खोजियो (भिडियो)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने बताएका छन् । सोमबार काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने \'हाम्राे संविधानले के परिकल्पना गरेको छ भने निजि क्षेत्र, सार्वजनिक क्षेत्र, संयोजनबाट देशको अर्थतन्त्रलाइ अगाडी बढाउने व्यक्त गरेको छ । उनले भने, ‘हामी सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौँ, नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्ने हाम्रो उद्देश्य हो ।’ डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ । अनशनमा रहेका केसीको स्वास्थ्य परीक्षण पनि गर्न नदिने, जीवनरक्षा पनि गर्न नदिने र उनीसँग वार्ता पनि गर्न नदिने तत्व सक्रिय भएको बताए । ‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ । तर यहाँ बडा विचित्र भएको छ’, उनले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ ।’ \"\" शिक्षा क्षेत्रका समस्या र केसीको अनशनलाई बहाना बनाएर आन्दोलन गर्नेहरू समस्या समाधानतिर नभई समस्यालाई झन् विकराल बनाउन केन्द्रित रहेको प्रचण्डको भनाई छ । ‘शिक्षा क्षेत्रमा समस्या छन्, तीनलाई समाधान गर्नु नै छ’, उनले भने, ‘तर अहिले समस्या देखाएर आन्दोलन गर्नेहरू समस्या समाधान होइन, के गरी समस्यालाई विकराल रुप दिन सकिन्छ र अराजकता फैलान सकिन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ ।’ सरकार विधेयकमा थपघट गर्न तयार भए पनि माथेमा आयोगको प्रतिवेदनबाट दायाँवायाँ गर्न आन्दोलनरत पक्ष तयार नभएको प्रचण्डको भनाई छ । ‘यदि एकाध मान्छेले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधिसभा, किन चाहियो प्रदेशसभा, किन चाहियो स्थानीय तह ?’, प्रचण्डले प्रश्न गरे, ‘हामीसँग भएको प्रक्रियाभित्रबाट समस्याको समाधान खोज्नुमात्र लोकतान्त्रिक हो ।’ ‘शिक्षा क्षेत्रलाई राजनीतिक अराजकता फेलाउने माध्यमको रुपमा, एकाध व्यक्तिको अनशनलाई राजनीतिक वैतर्णी तर्ने माध्यमका रुपमा प्रयोग गर्ने कसरत भएको छ’, उनले भने । हेर्दा शिक्षा क्षेत्रको सुधारबाट सुरु भएजस्तो देखिए पनि धमिलो पानीमा माछा मार्नेहरू सक्रिय भएको प्रचण्डको दावी छ । ‘एकथरी मानिसहरू नेपालमा स्थितरता नहोस्, समृद्धि नहोस्, नेपालको शिक्षाक्षेत्रसहित सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने सुधार नहोस् भन्ने चाहना राख्ने र त्यसैमा विगतदेखि फाइदा कमाइरहेको सानो वर्गले अहिले पनि निहुँ बनाउन खोजेको छ र राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको छ’, प्रचण्डले भने । [caption id=\"attachment_197048\" align=\"alignleft\" width=\"601\"]\"\" नेकपाका युवा र विद्यार्थी संगठनले जारी गरेका संयुक्त प्रेस विज्ञप्ति[/caption] हिजो मात्रै नेपाका युवा र विद्यार्थी संगठनहरूले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । हिजो अाइतबार पूर्वमाअोवादीको वाइसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र पूर्वएमालेको युवा संघ,अनेरास्ववियुले संयुक्त विज्ञप्ति जारी गरेर संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा.गोविन्द केसिको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार लगायतका सबै सम्वद्ध निकायमा ९ बुँदे माग गरेका छन् । उनीहरूको ९ बुँदे माग यस्तो थियो १)नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट संचालित सम्पुर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् । २)सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण हस्पिटल सञ्चालनको प्रक्रिया अविलम्ब शुरु गरियोस् । ३ )चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिव र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गरियोस् । ४ )आधारभुत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाइयोस्। जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कार्वाही गरियोस्। ५) स्वास्थ्य शिक्षामा देखिएका सवै समस्या दिर्घकालिन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् । ६)चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो बनाइयोस्। ७)राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी डा. गोविन्द केसीको अनसन वार्ताबाट तत्काल अन्त्य गरियोस्। ८) गोविन्द केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् । ९ )अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नेम (NAME) , भाईब्रेन्ट जस्ता इन्स्टिच्युटलाई छानबिन गरि कडा कार्वाही गरियोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending