नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्
श्रावण ६ गते, २०७५ आइतवार 22nd July, 2018 Sun१६:१५:५३ मा प्रकाशित
काठमाडाैं । पूर्वमाअोवादी र पूर्वएमाले हाल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा र विद्यार्थी संगठनले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्याबारे संयुक्त विज्ञप्ति जारी गरेका छन् । अाइतबार पूर्वमाअोवादीको वाइसीएल,अनेरास्ववियू (क्रान्तिकारी) र पूर्वएमालेको युवा संघ,अनेरास्ववियुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा.गोविन्द केसिको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार लगायतका सबै सम्वद्ध निकायमा ९ बुँदे माग गरेका छन् ।
उनीहरूको ९ बुँदे माग यस्तो छ१)नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट संचालित सम्पुर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।२)सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण हस्पिटल सञ्चालनको प्रक्रिया अविलम्ब शुरु गरियोस् ।३ )चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिव र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गरियोस् ।४ )आधारभुत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाइयोस्। जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कार्वाही गरियोस्।५) स्वास्थ्य शिक्षामा देखिएका सवै समस्या दिर्घकालिन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् ।६)चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो बनाइयोस्।७)राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी डा. गोविन्द केसीको अनसन वार्ताबाट तत्काल अन्त्य गरियोस्।८) गोविन्द केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् ।९ )अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नेम (NAME) , भाईब्रेन्ट जस्ता इन्स्टिच्युटलाई छानबिन गरि कडा कार्वाही गरियोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: