Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू।

\'मास्टर्शेफ\'मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले बताएका छन्। त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए। उनको मृत्यु एउटा जमेको हिमतालमा भयो। सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रह्यो। मृत्यु हुनुभन्दा अघि उनले खाएका थिए कुरासहित वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पाटाहरू पत्ता लगाएका छन्। उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए। उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत थियो। त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत भन्दा अत्यधिक हो। \"हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ,\" युर्‍याक रिसर्च इन्स्टिच्युट फर मम्मी स्टडिज, इटलीका डाक्टर फ्रान्क माइक्स्नर भन्छन्। \"त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो।\" \"\"

यसले हाम्रो पुर्खाहरूको खानेकुराबारे के भन्छ ?

\'करेन्ट बायोलोजी\' भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को दिन्छ। हिममानवको खान्कीको पहिला पनि विश्लेषण भएको हो तर यसरी विस्तृत रूपमा भने गरिको थिएन। यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ। उनको शरीर प्राकृतिक रूपमै सुकेर एवम् खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट भने स्वाभाविक स्थानमा थिएन। त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो। उनको पेटमा रहेको चिल्लो दूधजन्य पदार्थबाट नआएको बरू युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। \"हिममानवको खानामा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको सम्मिश्रण थियो,\" माइक्स्नरले भने। \"आश्चर्यजनक कुरा चाहिँ उनले खाएको धेरै मात्राको चिल्लोपना नै हो।\" पोषणयुक्त, तर स्वाद कस्तो? \"\" ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ। \"बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न कठिन छ,\" डाक्टर मेइक्सनरले भने। \"यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो हुँदैनथ्यो।\" \"त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो।\" ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष पनि थियो। मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन्। उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुन सक्छ। किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउहरू भएका थिए। हिममानवले जडीबुटी खान्थे ? अनुसन्धानकर्ताहरूले उनको पेटमा एक किसिमको उन्यू भेटेका थिए। यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ। अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ। त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ। उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्छ। एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending