Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मोदी सरकारविरुद्ध अविश्वास प्रस्तावः राहुल गान्धीले के–के भने ?

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रीय सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि लोकसभामा चर्चा सुरु भएको छ । मोदी सरकारको चार वर्षे कार्यकालमा यो पहिलो अविश्वास प्रस्ताव हो । अविश्वास प्रस्तावमाथि दिनभर बहस हुनेछ र पछि मतदान हुनेछ । लोकसभा बहस सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आज संसदीय लोकतन्त्रका लागि एक महत्वपूर्ण दिन हो । मलाई विश्वास छ कि मेरा सांसद साथीहरु यो मौकामा रचनात्मक, व्यापक र व्यवधानरहित बहसमा सहभागी हुनेछन् । भारतले हामीलाई नजिकबाट नियालिरहेको छ । ११ बजेबाट सुरु भएको बहसमा सभामुख सुमित्रा महाजनले मतदान छ बजे हुने र आज हामी खाजा पनि खाँदैनौ भनेकी थिइन् । बहस सुरु हुनेवित्तिकै कांग्रेस नेता मल्लिकार्जुन खडगेले यति महत्वपूर्ण प्रस्ताव पाँच घण्टामा बहस गरेर सकिएला भन्दै प्रश्न गरेका थिए । बहसको समयसिमा तय हुने पर्ने माग गरेका थिए । सभामुखले मागलाई ध्यानमा राखिने तर समय सीमा तोक्न नसकिने जवाफ दिएकी थिइन् । बहसका क्रममा कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्रीको खुलेर आलोचना गरेका छन् । प्रधानमन्त्रीले विदेशमात्र भ्रमण गरेको, गरिबीको मनमा बस्न नसकेको र व्यापारीलाई पोसेको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्रीको पछि १५–२० जना सुटबुट धारी व्यक्तिमात्र भएको आरोप लगाएका थिए । नेता गान्धीको आलोचना झुट भएको भन्दै केन्द्रीय मन्त्री अनन्तकुमारले प्रश्न उठाएका थिए । तर, नेता गान्धीले भने, ‘ पुरै देशले देखेको छ । मैले सबै सहि बोलेको हुँ । प्रधानमन्त्री मैले बोल्दा मेरो आँखामा आँखा जुधाएर हेर्न सक्नु भएको छैन । कहिले यता, कहिले उता हेरेर बसिरहेका थिए ।’ उनले प्रधानमन्त्री चौकीदार होइन , भागीदार भएको आरोप लगाएका थिए । सभामुख महाजनले आरोप लगाउन पाइन्छ । तर, विना प्रमाण आरोप नलगाउनुहोला । साथै, शब्द चयन र भाषा पनि शिष्ट बनाउन रुलिगं गरेकी थिइन । मन्त्री अनन्त कुमारले जसले जे भनिरहेको छ, त्यसको सबुत भए सदनमा पेश गर्न आव्हान गरे । होइन भने अन्ट सन्ट गाली गर्न पाइँदैन भन्दै झोक्किएका थिए । त्यसलगत्तै लोकसभा १० मिनेट स्थगन भएको थियो । सुरुवात हुने वित्तिकै राहुल गान्धीले महिला सुरक्षाका विषयमा कुरा उठाए । उनले भने, ‘मान्छे मरिरहेको छ । पिटिरहेका छन् । मिल्काइरहेका छन् । तर, प्रधानमन्त्रीको मुखबाट एक शब्द निस्कदैन ।’ भाषणको अन्त्यमा गान्धीले भने, ‘मेरो मनमा भएको भडास पोखेको हुँ । किनकी म कांग्रेस हुँ ।’ नेता गान्धीले भाषण सकेपछि प्रधानमन्त्रीलाई अंगालो मारेर बिदा भए । लोकसभामा पाँच सय ३४ सांसद छन् । बहुमतको लागि २६८ सांसद चाहिन्छ । लोकसभा सभामूख सुमित्रा महाजनसमेत गरेर भारतिय जनता पार्टी(भाजपा) कुल २७४ सांसद छन् । भाजपालाई रामविलास पासवानाको पार्टी लोक जनशक्तिको ६ सांसद र शिरोमणि अकालीको चार जनाको समर्थन रहेको छ । कांग्रेस युपिए ६३, तृणमुल कांग्रेस ३४ र तेलेगु कांग्रेसको १६ संसदको समर्थन रहेको छ । केन्द्र सरकार ढुक्क छ कि, बहुमत आफ्नै पोल्टामा छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending