Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मोदी सरकारविरुद्ध अविश्वास प्रस्तावः राहुल गान्धीले के–के भने ?

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रीय सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि लोकसभामा चर्चा सुरु भएको छ । मोदी सरकारको चार वर्षे कार्यकालमा यो पहिलो अविश्वास प्रस्ताव हो । अविश्वास प्रस्तावमाथि दिनभर बहस हुनेछ र पछि मतदान हुनेछ । लोकसभा बहस सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा आज संसदीय लोकतन्त्रका लागि एक महत्वपूर्ण दिन हो । मलाई विश्वास छ कि मेरा सांसद साथीहरु यो मौकामा रचनात्मक, व्यापक र व्यवधानरहित बहसमा सहभागी हुनेछन् । भारतले हामीलाई नजिकबाट नियालिरहेको छ । ११ बजेबाट सुरु भएको बहसमा सभामुख सुमित्रा महाजनले मतदान छ बजे हुने र आज हामी खाजा पनि खाँदैनौ भनेकी थिइन् । बहस सुरु हुनेवित्तिकै कांग्रेस नेता मल्लिकार्जुन खडगेले यति महत्वपूर्ण प्रस्ताव पाँच घण्टामा बहस गरेर सकिएला भन्दै प्रश्न गरेका थिए । बहसको समयसिमा तय हुने पर्ने माग गरेका थिए । सभामुखले मागलाई ध्यानमा राखिने तर समय सीमा तोक्न नसकिने जवाफ दिएकी थिइन् । बहसका क्रममा कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्रीको खुलेर आलोचना गरेका छन् । प्रधानमन्त्रीले विदेशमात्र भ्रमण गरेको, गरिबीको मनमा बस्न नसकेको र व्यापारीलाई पोसेको भन्दै आलोचना गरेका थिए । प्रधानमन्त्रीको पछि १५–२० जना सुटबुट धारी व्यक्तिमात्र भएको आरोप लगाएका थिए । नेता गान्धीको आलोचना झुट भएको भन्दै केन्द्रीय मन्त्री अनन्तकुमारले प्रश्न उठाएका थिए । तर, नेता गान्धीले भने, ‘ पुरै देशले देखेको छ । मैले सबै सहि बोलेको हुँ । प्रधानमन्त्री मैले बोल्दा मेरो आँखामा आँखा जुधाएर हेर्न सक्नु भएको छैन । कहिले यता, कहिले उता हेरेर बसिरहेका थिए ।’ उनले प्रधानमन्त्री चौकीदार होइन , भागीदार भएको आरोप लगाएका थिए । सभामुख महाजनले आरोप लगाउन पाइन्छ । तर, विना प्रमाण आरोप नलगाउनुहोला । साथै, शब्द चयन र भाषा पनि शिष्ट बनाउन रुलिगं गरेकी थिइन । मन्त्री अनन्त कुमारले जसले जे भनिरहेको छ, त्यसको सबुत भए सदनमा पेश गर्न आव्हान गरे । होइन भने अन्ट सन्ट गाली गर्न पाइँदैन भन्दै झोक्किएका थिए । त्यसलगत्तै लोकसभा १० मिनेट स्थगन भएको थियो । सुरुवात हुने वित्तिकै राहुल गान्धीले महिला सुरक्षाका विषयमा कुरा उठाए । उनले भने, ‘मान्छे मरिरहेको छ । पिटिरहेका छन् । मिल्काइरहेका छन् । तर, प्रधानमन्त्रीको मुखबाट एक शब्द निस्कदैन ।’ भाषणको अन्त्यमा गान्धीले भने, ‘मेरो मनमा भएको भडास पोखेको हुँ । किनकी म कांग्रेस हुँ ।’ नेता गान्धीले भाषण सकेपछि प्रधानमन्त्रीलाई अंगालो मारेर बिदा भए । लोकसभामा पाँच सय ३४ सांसद छन् । बहुमतको लागि २६८ सांसद चाहिन्छ । लोकसभा सभामूख सुमित्रा महाजनसमेत गरेर भारतिय जनता पार्टी(भाजपा) कुल २७४ सांसद छन् । भाजपालाई रामविलास पासवानाको पार्टी लोक जनशक्तिको ६ सांसद र शिरोमणि अकालीको चार जनाको समर्थन रहेको छ । कांग्रेस युपिए ६३, तृणमुल कांग्रेस ३४ र तेलेगु कांग्रेसको १६ संसदको समर्थन रहेको छ । केन्द्र सरकार ढुक्क छ कि, बहुमत आफ्नै पोल्टामा छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending