भक्तपुर, ३ साउन । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा पठाएको छ । थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । अर्का गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज पठाएको निर्देशक श्रेष्ठले जानकारी दिए । सडकमा अर्को गाडीलाई ठाउँ दिने क्रममा बसले पछाडि हटाउँदा सडकबाट १५ फिट तल खसेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: