Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

के हाे बाघ दरबार ? किन भत्काउन खाेज्दैछ काठमाडाैं महानगरपालिका ?

शर्मिला पाठक । काठमाडौँ, ३ साउन । केही दिनदेखि ऐतिहासिक हरिभवन भत्काउने चर्चा चलेपछि सम्पदा बचाऊ अभियानकर्ताले दरबार नभत्काउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।

हाल काठमाडौँ महानगरपालिकाले प्रचलन गरिरहेको बाघदबार भनिने हरिभवन गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको छ । सम्पदा बचाऊ अभियानकर्मी सञ्जय अधिकारीले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी ऐतिहासिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिए । विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक महत्व बोकेको बाघदरबार भत्काउन खोज्नु दुर्भाग्यपूर्ण हो ।” अद्वितीय कलाकृतिसहित विशिष्ट वास्तु लक्षणका रुपमा रहेको अमरसिंह थापा र भीमसेन थापाको बाघदरबारलाई मास्न नहुने बताउँदै विज्ञप्तिमा जीर्ण भवनलाई जोगाउन सबलीकरण गर्न सकिने विकल्प दिइएको छ । शीतल निवास, वसन्तपुरको गद्दी बैठकलगायत दरबार सबलीकरणका उदाहरण दिँदै बाघदरबारलाई पनि कामपाले सबलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । कामपाले दरबार भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । दरबार भत्काएपछि मल्लकाल, नेवारी शैली र आधुनिक शैली संयोजन गरेर भवन निर्माण गर्ने योजना कामपाको छ । उक्त दरबार कामपाले २०६० सालदेखि प्रयोगमा लिएको हो । पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि हरिभवन भत्काइँदै । “करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्छन् । भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उहाँ भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारले अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताउँछन् । गत असोज पहिलो साता कामपाले पुनःनिर्माण प्रक्रिया अघि बढाए पनि विभागले रोक लगाएको थियो । उक्त भवनका योजनाकार इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठ हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना हुने उल्लेख गर्छन् । परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकाशेपानी संकलनजस्ता काम हुने भएको छ । तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छविकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । महानगरको सो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् । एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछ । भवनमा विविध विशेषतायुक्त चार चोक÷आँगन रहने छन् । मुख्यचोक र प्रमुखकामा जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत तथा अतिविशिष्ट व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुनेछन् । गोरखा भूकम्प र त्यसपछिका परकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारको राजश्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन् । दरबार पुनःनिर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सबलीकरण सम्भावनाका विषयमा नियुक्त परामर्शदाताले महानगरमा बुझाएको प्रतिवेदनमा हालको हरिभवन विसं १९९२ मा पुनःनिर्माण भएको उल्लेख छ । उक्त दरबारमा पाटेबाघ पालिएकाले बाघदबार भनिएको हो । इतिहासकार प्रा दिनेशराज पन्त गीर्वाणविक्रमको पालामा विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको बताउँछन् । भीमसेन थापाले गीर्वाणविक्रमबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको उनको भनाइ छ । प्राज्ञ पन्त भन्छन्, “अहिलेको भवन बाघदरबारको भवन होइन, बाघदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो ।” हालको दरबार हरिशम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हुन सके पनि दरबारलाई बाघदरबार भन्दा फरक नपर्ने उहाँको धारणा छ । विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनःथापाहरूलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ । उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोगमा ल्याएकामा १९९० को भूकम्पले संरचना जीर्ण भएकाले पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरिशम्शेरको स्वामित्वमा पुगी भोग चलन गरेका हुनाले सो भवनलाई हरिभवन भनिएको हो । बाघदरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इँटामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इँटा कसरी पर्खालमा हुन्थे ? –सम्पदा संरक्षणमा काम गर्नेहरूको प्रश्न छ । विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा बीचमा केही समय अर्थ मन्त्रालयको कामकाज भएको थियो । विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो कामपालाई दिएको थियो । त्यसै वर्ष चैत २७ गतेदेखि महानगरको काम सो दरबारबाट शुरु भएको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending