Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गुल्मीमा डिएनए परीक्षणले अविवाहित आमा परिन फसादमा !

गुल्मी । गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धामध्य हालसम्म ४ पुरुषले आफ्नो सन्तान भएको अस्वीकार गरी डिएनए परीक्षणको माग गरेका छन् । त्यसमध्य डिएनए परीक्षणले एक जना पुरुषको मात्रै दावी प्रमाणित भएको छ । रिर्पोट अरु तिन जना महिलाको पक्षमा आउन सकेन । त्यस परीक्षण कै आधार मानेर मुद्धा फैसला हुने हो भने ति कुमारी आमा अपत्र पर्ने देखिएको छ । जिल्लामा लामो समयदेखि कानुन व्यवसायी रहँदै आएका विष्णुप्रसाद वलाल भन्छन, ‘डिएनए विज्ञानको कुरा भयो । अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट लिएको राय हो त्यो । डिएनए विज्ञानको एउटा प्रमाण हुन सक्छ । तर त्यो नै प्रमाण नमान्न सक्छ । त्यसको विपक्षीमा फैसला गर्नु परे अरु थुप्रै परिस्थितीजन्य प्रमाणहरु अदालतले जुटाउनु पर्ने हुन्छ । अर्का अधिवक्ता गोपाल खनाल पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सर्वोच्चबाटै यस्तो नजिर रहन गएको धारणा राख्छन । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले गत साउन महिनादेखि असार मसान्तसम्म देशभरका २३ वटा डिएनए परीक्षण गरिएको जानकारी दियो । त्यस प्रयोगशालाका प्रमुख बैज्ञानिक दिनेशकुमार झाले भने, ‘गत आर्थिक वर्षमा २३ वटा परीक्षण भएको मध्ये १२ वटा आमाको पक्षमा र ११ वटा पुरुषको पक्षमा रिर्पोट आएको छ ।’ अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसल गर्ने हो भने अब ती ११ महिलाले आफ्ना सन्तानको वावु खोज्न कहाँ जाने ? त्यस्तै ति महिलाहरु एक भन्दा बढि पुरुषसंग शारीरिक सम्पर्क राखेको भन्दै समाजमा उनीहरुको चरित्र हत्या समेत हुने देखिएको छ । गुल्मीमा डिएनए परीक्षणबाट सन्तान दावी हुन नसकेकी महिला भन्छिन, ‘मेरो सन्तानको वावु उ शिवाय अरु कोही होइन । खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन ।’ उनले आरोप लगाएका ति पुरुष भन्छन डिएनएले मलाई न्याय दियो । ति महिलाका सन्तान अहिले १५ वर्षको उमेरसम्म वावुबाट बेवरिसे बनेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE