Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

दीनानाथ शर्मा भन्छन्-दम्भ होईन सरकार विनम्रता पेश गर्न प्रयत्नरत छ

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे । उनले भने,‘लोकतन्त्रप्रति सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्छ, लोकतन्त्र ल्याउन सबैभन्दा बढि कम्युनिष्टहरुले नै रगत बगाएका छन्, जेल तथा नेल भोगेका छन्, वर्तमान प्रधानमन्त्री १४ वर्ष जेल बस्नुभएको थियो, लोकतान्त्रिक प्रणाली स्थापनार्थ सबै दलहरुले बेला बखत बन्दुक बोकेका छन्, कसैले ०७ सालमा बोके, कसैले ०५२ सालमा बोके।’ साक्षात्कारमा उनले वर्तमान सरकार विनम्र रहेको जिकिर गरे । उनले भने,‘सरकारले दम्भ होईन विनम्र पेश गर्न प्रयास गरिरहेको छ, सरकार फेर्ने कुरा बेकारको कुरा हो, यसको कुनै सम्भावना छैन्।’ सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उनको भनाई छ । वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गरे । उनले भने,‘सरकार र कांग्रेसबीचको दुरी धेरै नजिक छ, हामीले मिलेर अघि बढ्छौं, ऋषिजीले हामीबीच फाटो ल्याउनेगरि कुरा गर्नुभयो, कांग्रेसले सरकारको राजिनामा मागेको छैन्।’ वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उनले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको पनि सुनाए । उनले भने,‘जनताका चाहना र भावनाहरुलाई सम्बोधन गर्न हामी जहिल्यैपनि तत्पर छौं।’ सरकारविरुद्ध कांग्रेस त भोलिदेखि सडकमा उत्रिने भयो नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘लोकतन्त्रमा जुलुस लाउन छुट छ, त्यो त लोकतन्त्रले दिएको अधिकार हो।’ उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको कुरालाई अनर्थ लगाउन नहुने बताउँदै भने,‘उहाँले वैचारिक रुपमा खण्डन र प्रतिवाद गर्न भन्नुभएको हो।’ फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताउँदै भने,‘डाक्टर केसीले उठाएका विचारहरु सबै खराब छैनन्, माथेमा आयोगको प्रतिवेदन त्यतिवेला ठीक थियो, अहिले परिस्थिति फेरिएको छ, यो भन्दा बढि कलेज खोल्न पाईँदैन भन्नु निरंकुशता हो, कुन ठाउँमा कति वटा कलेज खोल्ने वा नखोल्ने भन्ने जिम्मा संविधानले अहिले प्रदेश सभालाई दिएको छ, हिजो अध्यादेश ल्याउने सहमति हुँदा गगन थापा आँफै स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, डाक्टर केसीले उठाएका मागहरु किन पूरा गर्न प्रयत्न गर्नुभएन ?’ नेता शर्माले डाक्टर केसीका मागहरु उच्चस्तरीय आयोगमार्फत हल गर्नुपर्ने सुझाए । उनले भने,‘वार्ताद्धारा नै समस्याको समाधान हुन्छ, दमन गरेर हुँदैन, सरकार उहाँलाई पहिले काठमाडौं ल्याएर उपचार गर्न चाहन्छ, सम्भवतः आज र भोलिभित्रै सरकारले उहाँलाई काठमाडौं ल्याउँछ, सरकारले उहाँका मागहरु सम्बोधन गर्न पहलकदमी लिनुपर्छ, लिरहेको छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies