Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उर्जामन्त्रीले कर्मचारीलाई भने–पहिला आफुमा सुधार ल्याऔं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था‘रोल मोडल’ बनेर देखाउनुपर्ने बताएका छन् । विद्युत विकास विभागको रजत जयन्ति समारोहमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । सरकारी कम्पनी तथा संस्था सक्षम र सबल बनेको खण्डमा मात्र निजी क्षेत्रमाथि अंकुश लगाउन सजिलो हुने सन्दर्भ जोड्दै उनले भने– मन्त्रालयले यही रणनीति अनुसार काम सुरु गर्नेछ । सरकारी कर्मचारी पदमा रहँदासम्म योग्यता प्रदर्शन नगर्ने तर अवकाशपछि निजी क्षेत्र वा परामर्श सेवामा अब्बल हुने परम्परा बढ्दै जाने विषयले आफु आश्चर्यमा परेको बताए । ‘हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो, यसले मात्र राष्ट्रको समृद्धिको लक्ष्य पूरा हुन सक्छ,’ उनले भने ‘काम गर्ने वातावरण नबनेको हो भने अब हिजोको जस्तो अवस्था छैन । समस्या भन्नुपर्यो र सरकारी संस्थालाई नै अब्बल बनाउनुपर्यो ।’ स्थायी सरकार भएकाले हरेक समस्याको समाधान गर्न सकिने हुँदा क्षमताअनुसार काम गरेर कम्पनी तथा संस्थामाथि उठाउन पनि मन्त्री पुनले आग्रह गर्नुभयो । सरकार वा सरकारी निकाय दरिलो हुँदा मात्र निजी क्षेत्रले गरेका काममा सोझै प्रश्न उठाउने सक्ने अवस्था सिर्जना हुने उनले दोहोर्याए । निजी कम्पनी वा संस्थाजस्तो सरकारी निकायमा अझै पनि काम गराईको उत्कृष्ट नमुना नभेटिने उहाँको भनाइ छ । कुनै पनि सरकारी संस्थाका कर्मचारीले अब हिजोको परिपाटी समातेर बस्ने अवस्था नरहेको उनले बताए । सोही समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्जय शर्माले विकासले अब पुरानो शैलीको काम गरेर बस्न नहुने सुझाव दिए । सचिव शर्माले भन्नुभयो ‘जलविद्युतआयोजनाका अनुमतिपत्र बाँड्दैमा विभागको जिम्मेवारी वा दायित्व पूरा हुँदैन,’अध्ययन अनुसन्धानतथाअनुगमनतर्फ कार्यक्षेत्र फराकिलो बनाउनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending