Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

देउवा–पौडेल भित्र लफडा प्रचारमा मिल्तिः पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सोमबार छुट्टै भेला बोलाएको छ । दुबै गुटका नेता तथा केन्द्रीय सदस्यलाई राजधानीको चक्रपथस्थित ढुंगेधारमा बिहान ११ बजेदेखि भेला शुरु भएको छ । असार १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पक्षका नेताहरुलाई बोलाएर विशेष छलफल गरेका थिए । पार्टीलाई सुधारको बाटोमा लैजान आफू तयार रहेको भन्दै त्यस दिन देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई आश्वस्त पारेका थिए । त्यस दिनको छलफलपछि कांग्रेसमा सुधारको संकेत देखिएको चर्चा गरिएको थियो । १९ गते देउवाको निम्तोमा १८ जना शीर्ष तहका नेताहरु एकै ठाउँमा भेला भएका थिए । त्यस दिन सौहाद्र तरिकाले भेटघाट सम्पन्न गर्ने रणनीति लिएका देउवाले आफैले बोलाएको बैठकमा विषय प्रवेशको मौका पौडेललाई दिएर माहौल झन खुशीयाली मात्रै होइन, पौडेलप्रति सम्मान पनि दर्शाएका थिए । तर गुटगत राजनीतिकले जरा गाडेको कांग्रेसभित्र एक दिनको भेलाले समस्या समाधान गर्ने सम्भावना कम हुँदै गएको छ । एकजुट देखाउनका लागि गरिएको भेला सकिएको दुई हप्ता वित्न नपाउँदै दृश्य बदलिएको छ । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएपछि पार्टीभित्र विवाद बढ्दै गएको स्पष्ट भएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको भनिए पनि पौडेल आफैंले भेला बोलाएका हुन् । भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलगायत पनि हुनेछन् । नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ । उक्त बैठक अघि राय संकलनका लागि पौडेल समूहले छुट्टै भेला बोलाएको हो । यो बैठकपछि देउवा भने स्वास्थ्य उपचारका लागि ६ गते देश बाहिर जाने कार्यक्रम छ । भेलाको तयारीका क्रममा देउवा इतर समूहका प्रमुख नेताहरुको बैठक बसेको थियो, जहाँ पौडेलले आफू पार्टी सभापतिसँग नमिलेको स्पष्टीकरण लिएका छन् । पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । असार १९ गते देउवाले बोलाएको भेलामा पौडललगायतका नेता उपस्थित भएपछि देउवासँग पौडेल मिल्न लागेको भन्दै केही नेताहरु असन्तुष्ट बनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending