Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

मलेसिया जाने कामदार घटे

काठमाडाैं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको संख्या घटेको छ । सरकारले मलेसिया जाने कामदारलाई ठगी गर्ने विभिन्न संस्था बन्द गराएसँगै त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा १ लाख ३५ हजार २ सय २२ जना कामदार मलेसिया गएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - तर, जेठ महिनामा मलेसिया जाने कामदारको कुल संख्या ८ हजार १ सय ९० मात्रै छ । यो संख्या चालू आर्थिक वर्षका १० महिनायताकै कम हो । जब कि गएको वैशाखमा मलेसिया जाने कामदारको संख्या १३ हजार ५ सय ४० रहेको थियो । संस्थागत, व्यक्तिगत, वैधानिकीकरण, पुनः श्रम स्वीकृतिका आधारमा चालू आर्थिक वर्षको ११ महिनामा कुल वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या भने ६ लाख ८ हजार ६ सय १७ रहेको छ । मलेसिया जाने कामदारले विद्यमान अवैध संरचनामार्फत नै सबै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था भने कायमै छ । वैदेशिक रोजगार संघका अनुसार सबै प्रक्रिया पुगेर भिसा लागेका १ हजार ३ सय ६६ जनाको अन्तिम स्वीकृति हुन सकेको छैन । तर, सरकारले ती कामदारको समस्या समाधान गर्ने कुनै पहल गरेको छैन । यसरी प्रक्रिया पूरा गरेका कामदार मलेसिया जान नपाउने अवस्थामा सरकार नै जिम्मेवार हुनुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । ‘प्रक्रिया पूरा गरेका कामदारलाई जान दिने कार्यमा सरकारले सोच्न आवश्यक छ,’ उनले भने, ‘बाँकी कामदारको सवालमा मलेसियासँगको समझदारी बनेपछि टुंग्याउन सकिन्छ ।’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार प्रक्रिया पूरा गरेका कामदारले श्रम स्वीकृति नपाएको विषयमा कुनै निर्णय भएको छैन । ‘कानुनसम्मत तरिकाले प्रक्रिया पूरा गरेका कामदारहरू जान नपाउने भन्ने त हुँदैन,’ उनले भने, ‘तर, कारबाहीमा परेका संस्थाहरूबाट पूरा गरेको प्रक्रियाका आधारमा वैध मान्ने कि नमान्ने भन्ने निर्णय हुन बाँकी छ । सकेसम्म मलेसियासँगको विद्यमान समस्या सल्ट्याएरै पठाउँदा बढी फाइदाजनक हुन सक्छ ।’ मलेसियाको समस्या सकेसम्म छिटो समाधान गर्नुपर्छ रोहन गुरुङ अध्यक्ष, वैदेशिक रोजगार संघ हामीले लामो समयदेखि उठाउँदै आएको मागअनुसार मलेसिया जाने कामदार ठगीमा संलग्न संस्था खारेज गर्ने सरकारको निर्णय सकारात्मक छ । तर, कूटनीतिक पहल गरी कामदारमाथि हुँदै आएको १७ हजारभन्दा बढीको ठगी हटाउने गर्नुपथ्र्यो । एकपक्षीय रूपमा खारेज गर्दा विकल्पविहीन भएको छ । करिब दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी छिटो खुलाउनेतर्फ पहल हुन आवश्यक छ । समस्या समाधानको प्रयास भइरहेको छ प्रकाश दाहाल प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अवैध संस्था खारेजीपछिको विकल्पको विषयमा मलेसियासँग संवादको प्रक्रिया अगाडि बढिसकेको छ । तर, उताबाट औपचारिक रूपमा कुनै जवाफ आइसकेको छैन । मन्त्रालयले मलेसियासँग समन्वय गर्न प्राथमिकताका साथ पहल गरिरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies