Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

स्मार्ट लाइसेन्स नै नक्कली !

काठमाडाैं । नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए । नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा.५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए । लाइसेन्स नक्कली भएको यसरी पत्ता लाग्यो महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए । उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको थियो । नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति रहेछ । मनोजको लाइसेन्स नक्कली रहेछ । पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो । यसकारण बढ्यो नक्कली लाइसेन्स : प्रहरी महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक हाछेथूू लाइसेन्स स्मार्ट बने पनि जाँच गर्ने स्मार्ट प्रविधि ट्राफिक प्रहरीलाई नदिँदा कारोबार बढेको बताउँछन् । उनले भने, ‘लाइसेन्स स्मार्ट बन्यो, तर परीक्षण गर्ने प्रणाली स्मार्ट हुन सकेन । हामीले जति पनि नक्कली स्मार्ट लाइसेन्स समातेका छौँ, ती सबै शंकाका आधारमा मात्रै समातिएका हुन् । यातायात व्यवस्था विभागमा गएर परीक्षण गर्दा ती नक्कली नै ठहरिए । यस्तो मेसिन चोक–चोकमा खटिने ट्राफिक प्रहरीसँग हुनुपर्ने हो । यही कमजोरीको फाइदा उठाउँदै धेरैले नक्कली लाइसेन्स प्रयोग गरिरहेका छन् भन्ने हाम्रो अनुमान छ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त पनि नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी बढेको स्विकार्छन् । उनले भने, ‘स्मार्ट लाइसेन्स नक्कली कि सक्कली भनेर परीक्षण गर्ने मेसिन हामीसँग छैन । म्यानुअल चेकिङकै आधारमा यस्ता लाइसेन्स प्रयोग गर्ने केही पक्राउ परेका छन् । यसले के देखाउँछ भने नक्कली स्मार्ट लाइसेन्स बजारमा धेरै छन् । यसप्रति हामी गम्भीर भएका छौँ । प्रहरी अनुसन्धानमा लागेको छ ।’ कहाँबाट वितरण हुन्छ नक्कली स्मार्ट लाइसेन्स ? नेपालीलाई स्मार्ट लाइसेन्स भारतीय कम्पनी मद्रास सेक्युरिटीले बनाउँदै आएको छ । यो कम्पनीले टेन्डर पाएको हो । बरामद नक्कली स्मार्ट लाइसेन्स पनि यही कम्पनीले बनाएर बिक्री गरेको यातायात व्यवस्था विभाग स्रोत बताउँछ । एउटै कोड नम्बरको लाइसेन्स नेपालस्थित मद्रास सेक्युरिटीबाहेक अरूले दिनै नसक्ने दाबी प्रहरी स्रोतको पनि छ । तर, महाशाखा प्रमुख एसएसपी पन्त अनुसन्धान भइहरेकाले सत्यतथ्य पत्ता लाग्ने बताउँछन् । ‘केही व्यक्तिमाथि निगरानी बढाइएको छ । उनीहरूले यस्ता लाइसेन्स मोटामोटी ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ,’ पन्तले भने, ‘अनुसन्धान नै टुंगोमा नपुगी सबै तथ्य बाहिर ल्याउन उपयुक्त नहोला ।’ मद्रास सेक्युरिटीले स्मार्ट लाइसेन्स वितरणका लागि ऐलन न्यौपानेको नेतृत्वमा कर्मचारी टोली नियुक्त गरेको छ । उनीहरू यातायात व्यवस्था विभागअन्तर्गत कार्यालयमा रहेर काम गर्दै आएका छन् । विभागका एक उच्च अधिकृतले भने, ‘कसैलाई नभन्ने सर्तमा यस्ता लाइसेन्स मद्रास सेक्युरिटीकै कर्मचारीले वितरण गर्ने गरेको साँचो हो । लाइसेन्स लिने र दिनेबीच सहमति जुटेपछि यस्तो काम हुने गरेको देखिन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies