Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कोशीमा बहाव बढ्याे, ५६ मध्ये २९ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीको वहाव आइतबार उच्च मापन भएको छ । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड छ । उक्त बहाव यो वर्षकै उच्च मानिएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  । फाइल कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ । शनिबार २३ ढोकामात्र खुलाइएको थियो । शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो । पानीको बहावमापन हालसम्म नेपाली पक्षले भारतीय कन्ट्रोल रुमले दिएको आधारमा प्रयोग हुने गरेको छ । कोशीको पूर्वीतटस्थित बराहक्षेत्र नगरपालिकाका स्थानीय विपद् व्यबस्थापन समितिका सदस्य समेत रहेका रविन घिमिरेका अनुसार नेपालको आफ्नै सूचना संयन्त्र भने सदुपयोग हुन सकेको छैन । उनले भने, ‘मौसम विभागले चतराको नयाँपुलमा पानीको बहावबारे जानकारी दिने अत्याधुनिक रडार उपकरण जडान गरिएको छ । तर त्यसले जोखिममा पर्ने स्थानका बासिन्दालाई पहिलो सूचना नदिएर काठमाडौंमा मात्र दिन्छ ।’ कोशी व्यारेजमा भारतीय पक्षले राखेको उपकरणले नदीको बहाव मापन गर्ने र चतरको पुलमा राखिएको रडारले पनि सोही काम गर्ने भएपनि कोशीको पूर्वी र पश्चिमीतटमा बस्नेहरुकालागि चतराको राडार उपयोगी हुने घिमिरेले बताए । उनले भने, ‘चतराको रडारमा पानीको बहाव बढेको सूचना तत्काल प्रकाशपुर, मधुवन, श्रीपुर, राजाबास, भण्टाबारी क्षेत्रमा पुर्‍याउन सक्दा कम्तीमा आधा घण्टा अगाडि नै सुरक्षित स्थलमा भाग्न सक्छन् । किनकि चतराबाट करिब २० किलोमिटरको दुरीबाट बाढी आएमा आधाघण्टा लाग्न सक्छ ।’ प्रकाशपुर प्रहरी चौकीमा राखिएका बाढीको संकेत दिने डिजिटल डिस्प्ले समेत विग्रेको वर्षौं भएको छ । ०६५ भदौ २ गते आएको बाढीले हजारौंलाई विस्थापित गरेपनि त्यसबाट सरकारले हालसम्म कुनै पाठ सिक्न नजानेको घिमिरेले बताए । उनले चतराको राडारले दिने सूचना सुनसरी, उदयपुर र सप्तरीका जिल्ला प्रसाशनमा डिस्प्ले हुने गरी तत्काल व्यवस्था गर्न माग गरेपनि मौसम विभागले वेवास्ता गरेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending