Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बल प्रयोग गरेर केसीलार्इ उपचारका लागि काठमाडाैं ल्याइने: चिकित्सक हडतालमा, सेवा ठप्प

काठमाडाैं । जुम्लामा पुगेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यअवस्था जटील बन्दै गएपछि उनको उपचारका लागि सरकारले विशेष योजना बनाएको छ । काठमाडौंबाट गएका चिकित्सकहरुबाट डा. केसीले उपचार लिन नमानेकाले अब के गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल गरेका थिए । छलफलपछि सरकरभाले डा. केसीको अवस्था बुझ्न टोली जुम्ला पठाउने र आवश्यक भए काठमाडौं ल्याएर उपचार गराउने निष्कर्ष निकालेको हो । केसीलाई जुनसुकै बेलापनि काठमाण्डौ ल्याएर उपचार गराउनपर्ने अवस्थाआउन सक्ने भएकाले बुधबारदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा छ । तर, डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने अडान लिएका छन् । केसीको अडानका कारण सरकारले स्वास्थ्य अवस्था गम्भीर नै भयो भने बलपूर्वक काठमाडौं ल्याएर भए पनि उपचार गराउँने तयारी गरेको छ । डा. केसीलाई स्वास प्रस्वासमा कठिनाई भइरहेको छ । लगातार अनसन बसेका कारण डा. केसीको शरीर निकै कमजोर भएकाले यो पटक ६–७ दिनमा नै गलेका छन् । त्यसमाथि जुम्लाको चिसो मौसमले पनि उनको स्वास्थ्य अवथा थप जटिल बेनको हो । सरकारले डा. केसीसँग वार्ता गर्नुपूर्व उनको उपचार गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडाैंका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उनको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए । आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । सरकारले उनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडाैं ल्याउन खोजे पनि उनले मानेका छैनन् । काठमाडाैंबाट गएका डाक्टरसँग पनि उजले उपचार गराउन मानेका छैनन् । काठमाडाैंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उनले बताए । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । यसअघि आवासीय डाक्टरले कालोपट्टी बाँधेर विरोधका कार्यक्रम गर्दै आएका थिए । शिक्षण अस्पतालमा अहिले झण्डै तीनसय जना आवासीय डाक्टर छन् । डाक्टर केसीको यसअघिका अनशनमा पनि शिक्षण अस्पतालका आवासीय डाक्टरले आकस्मिक बाहेकका सेवा दिएका थिएनन् । केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो । यसैबीच अत्यावश्यक क्षेत्रमा हड्ताल गरेको भन्दै आवासीय डाक्टरको यो निर्णयको विरोध पनि भएको छ । उपचार लगायत अत्यावश्यक क्षेत्रमा सेवा नै बन्द हुनेगरि हड्ताल गर्न नपाइने सर्वोच्च अदालतको आदेशको उल्लंघन हुनुका साथै उपचारका लागि पुग्ने हजारौँ नागरिकलाई मर्का पर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending